Information is intelligence
HomeNews२ हजार २० जना कोरोना भाइरस संक्रमित, उपत्यकामा ८५९

२ हजार २० जना कोरोना भाइरस संक्रमित, उपत्यकामा ८५९

- Advertisement -spot_img

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २० जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा  ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ कोरोना संक्रमित थपिएका छन् ।

याेसँगै नेपालमा कुल संक्रमितकाे सँख्या ६१ हजार ५ सय ९३ पुगेकाे छ ।पछिल्लो २४ घण्टामा ८ सय ७१ जना निको भएर घर फर्केका (डिस्चार्ज भएका) छन् ।

हालसम्म ४३ हजार ८ सय २० जना डिस्चार्ज भइसकेका र १७ हजार ३ सय ८३ जना संक्रिया संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टायता थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु