Information is intelligence
HomeNewsलोकमार्गको बागलुङ खण्ड अवरुद्ध

लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

- Advertisement -spot_img

बाग्लुङ, आज बिहानको अविरल वर्षापछि खसेको पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ इनारपानी र गलकोट नगरपालिका–९ बाँसखोलामा पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको हो । आज बिहानदेखि पहिराले लोकमार्गमा सवारी आवातजावत ठप्प छ । पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन बीचमै रोकिएका छन् ।

बिहानैदेखि पहिरो हटाउने काम शुरू भएको प्रहरीले जनाएको छ । दिउँसोसम्म सडक सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव पाठकले बताए । “डोजर लगाएर काम भइरहेको छ, प्रहरी टोली खटिएको छ”, उनले भने, “ठूलो पहिरो गएका कारण समय बढी लाग्ने देखिन्छ।”रासस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु