Information is intelligence
HomeNewsसडकमा भिडभाड गरी प्रदर्शन नगर्न आग्रह : कुलमान घिसिङ

सडकमा भिडभाड गरी प्रदर्शन नगर्न आग्रह : कुलमान घिसिङ

- Advertisement -spot_img

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना महामारीको समयमा सडकमा भिडभाड गरी आफ्नो पक्षमा प्रदर्शन नगर्न आग्रह गरेका छन् ।

उनले एक विज्ञप्ती जारी गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनले प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्ने बताएका छन् ।

उनले भने – ‘नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।’

उनले विज्ञप्तीको अन्तिममा कोरोना संक्रमणको अवस्थामा प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी सडकमा भिडभाड गरी प्रदर्शन नगर्न उनले आग्रह गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु