Information is intelligence
HomeAMKआजकाे मुख्य खबर | २०७७-०६-०३ | Head News | Durbar Times

आजकाे मुख्य खबर | २०७७-०६-०३ | Head News | Durbar Times

- Advertisement -spot_img

दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज  २०७७-०६-०३ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • अर्थ
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

२४ घण्टामा १२०४ जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर   १२०४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। त्यस्तै पछिल्लाे २४ घण्टामा काेराेनाबाट ११ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

काेराेना नियन्त्रणमा सरकारकाे काम उत्साहजनक

काेराेना नियन्त्रणमा सरकारकाे काम उत्साहजनक रहेको प्रधानमन्त्री ओलीले बताएका छन्। उनले भनेका छन्, “डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको समिक्षा गर्ने हो भने अहिलेसम्मको कामको तस्वीर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छ ।”

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

राजनीति – समसामयिक

कुलमान घिसिङले सडकमा भिडभाड गरी आफ्नो पक्षमा प्रदर्शन नगर्न आग्रह

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना महामारीको समयमा सडकमा भिडभाड गरी आफ्नो पक्षमा प्रदर्शन नगर्न आग्रह गरेका छन् ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

आसन ग्रहणमा विवाद हुँदा जसपा कार्यकर्ताबीच झडप

संविधान दिवसको विरोधमा जनता समाजवादी पार्टीले शनिबार राजविराजमा गरेको कार्यक्रममा आसन ग्रहणको विषयलाई लिएर विवाद हुँदा कार्यकर्ताहरुबीच नै झडप भएको छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

अर्थ

मुगुमा खाद्यान्न ढुवानीमा ढिलाइ

मुगु जिल्लामा खाद्यन्न ढुवानीमा ढिलासुस्ती भएको छ । गत असारदेखि सोरुकोट, श्रीकोट, पुलु, खाद्य डिपो र कालै र रातापानी वितरण केन्द्रका गोदाम रित्तिएका छन् । समयमा खाद्यान्न ढुवानी नहुादा स्थानीय मर्कामा परेका छन् ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

पर्यटन

आन्तरिक हवाई उडानको टिकट ५० प्रतिशत बुकिङ

असोज ५ गतेदेखि उडान शुरु हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले बुकिङ खुलाइसकेका छन्। शुक्रबारदेखि बुकिङ खुलिसकेको एयरलाइन्सहरुले बताएका छन्। अहिले अधिकांश एयरलाइन्सको ५० प्रतिशत बुकिङ भइसकेको जनाइएका छन्।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

अन्तराष्ट्रिय

अमेरिकामा आइतबारदेखि टिकटक प्रतिबन्ध

अमेरिकामा आइतबार देखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ । ट्रम्प प्रशासनले टिकटक तथा विच्याटसहितका चिनियाँ एप्लिकेशनले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको बताउँदै आएको छ । तर यो आरोप दुवै चिनियाँ कम्पनीले अस्वीकार गर्दै आएका छन् ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

इरान माथि अमेरिकी प्रतिबन्ध कायमै

इरानमाथिको प्रतिबन्धलाई फेरि लम्ब्याउने र हतियार खरिदमा लगाइएको रोक पनि अक्टुुबरमा समाप्त नहुने अमेरिकी सरकारले जनाएको छ । इरानका लागि ट्रम्प सरकारमा प्रतिनिधि रहेका एलिय अब्राम्सले आज मध्यराति १२ बजेपछि यो प्रतिबन्ध सुरु हुने बताए ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

खेलकुद

इन्डियन प्रिमियर लिग (आईपीएल) १३ औं संस्करण आजदेखि

विश्वकै चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करण आजदेखि युएईमा सुरु हुँदैछ । यस सिजन कोरोना महामारीले गर्दा दर्शकविनै आईपीएल हुनेछ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

सिरी ’ए’ फुटबलको नयाँ सिजन आजबाट सुरु

इटालियन सिरी ’ए’ फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । सिरी ए को नयाँ सिजनको पहिलो दिन शनिबार दुई खेल हुनेछ । सिजनको पहिलो खेलमा फियोरेन्टिना र टोरिनो भिड्दै छन् भने दोश्रो खेलमा हेलास भेरोना र रोमा भिड्दै छन् ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०६-०३ गतेको अहिले सम्मका मुख्य खबरहरु प्रस्तुत गर्याैँ। अन्य दिनहरुमा पनि बेलुका ५:०० बजे दिनभरीका मुख्य खबर पढ्न सक्नुहुनेछ । कृपया सत्य र निस्पक्ष खबरको स्तरीय प्रसारणको लागि दरबार टाईम्स हेर्दै गर्नुहोला..

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु