Information is intelligence
HomeSportsसन्दीप आबद्ध दिल्लीको खेल आज

सन्दीप आबद्ध दिल्लीको खेल आज

- Advertisement -spot_img

शनिबारदेखि यूएईमा सुरु भएको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत आज बेलुका पनि एक खेल हुँदै छ ।

चार विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको र दिल्लीमा उल्लेख्य मात्रामा उत्कृष्‍ट विदेशी खेलाडीहरु रहेकाले दिल्लीले कसलाई मैदानमा उत्रने मौका दिनेछ भन्‍ने कुराको चासो आम खेलप्रेमीहरुले लिएका छन् ।

बेलुका पौने ८ बजे सुरु हुने खेलमा दिल्ली क्यापिटल्सले किङ्स ११ पञ्‍जाबको सामना गर्दै छ ।

दिल्ली क्यापिटल्समा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने पनि आबद्ध रहेका छन् । उनले यसअघि पनि दुई सिजन दिल्लीबाट खेलिसकेका छन् ।

सन्दीपले हालसम्म आइपिएलमा ९ खेल खेलेका छन् जहाँ २१० बल बलिङ गरेर २९२ रन खर्चदैँ १३ विकेट हात पार्न सफल भएका छन् ।

आजको खेलमा उनी नियमित एघारमा पर्छन् कि नाईं भन्‍ने कुरालाई महत्वका साथ हेरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु