Information is intelligence
HomeAMKआजकाे मुख्य खबर | २०७७-०६-०४ | Head News | Durbar Times

आजकाे मुख्य खबर | २०७७-०६-०४ | Head News | Durbar Times

- Advertisement -spot_img

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज  २०७७-०६-०४ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • अन्तराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

२४ घण्टामा १३२५  जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १३२५   जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। त्यस्तै पछिल्लाे २४ घण्टामा काेराेनाबाट १०  जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

राजनीति – समसामयिक

‘प्रधानमन्त्रीबाहेक सबै मन्त्री फेरौं’

नेकपा सचिवालय सदस्यहरूले प्रधानमन्त्रीबाहेक सबै मन्त्री हटाउन सुझाव दिएका छन् । पेरिसडाँडामा आइतबार बसेको पार्टी सचिवालयको बैठकमा पहिलो कार्यसूचीमाथि प्रवेश गर्दै सदस्यहरूले दुई वर्ष अवधि गुजारेका सबै मन्त्री एकमुष्ठ रूपमा हटाउन सुझाव दिएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

मदन पुरस्कार महारानीलाई, जगदम्बाश्री पुरस्कार ठटाललाई

यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

नेकपाले केन्द्रीय सदस्यहरूलाई तलब दिने

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक दिने भएको छ ।पार्टी मुख्यालय पेरिसडाँडामा आइतबारबाट सुरु भएको सचिवालय बैठकमा एजेन्डाकै रूपमा यसले प्रवेश पाएको छ  । तेस्रो नम्बरको कार्यसूचीमा रहेको एजेन्डामा नेकपाका केन्द्रीय सदस्यहरूलाई मासिक रूपमा पारिश्रमिक वापत् सुविधा उपलब्ध गराउने विषय रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

बलात्कारको आरोपमा गाउँपालिकाका प्रशासन अधिकृत पक्राउ

कैलालीमा बलात्कारको आरोपमा गाउँपालिकाका प्रशासन अधिकृत पक्राउ परेका छन्।जोशीपुर गाउँपालिकाको प्रशासन योजना तथा अनुगमन शाखाका प्रमुख भानुभक्त उपाध्यायलाई गाउँपालिका कार्यालयमै कार्यरत २४ वर्षीया महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अन्तिम परीक्षा अनलाइन माध्यमबाटै, परीक्षा अवधि ८ घण्टा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले व्यवस्थापन र मानविकी संकायको स्नातक र स्नातकोत्तर तहको अन्तिम परीक्षा पनि अनलाइन माध्यमबाटै गर्ने भएको छ ।पहिलो चरणमा व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र शिक्षा शास्त्र संकायको स्नातक तहको सातौं सेमेस्टर र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षा अनलाइन माध्यमबाट गर्न लागिएको परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख डा.आनन्दप्रसाद सुवेदीले बताए ।

यी परीक्षाहरु असोज १७ देखि कात्तिक ६ गतेसम्म हुँदैछ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेला ।

अन्तराष्ट्रिय

अफगानिस्तानमा तालिबानको आक्रमण, चार प्रहरीसहित २१को मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्तका दुई जिल्लामा तालिबानका लडाकूहरुले भिषण हमला गरेका छन् । तालिबानी सशस्त्र लडाकूहरुले गरेको सो हमलामा परी २१ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौँ स्थानहरुमा उनीहरुले हमला गरेका हुन् । ती हमलाहरुमा परी १७ जना तालिबानी लडाकूहरु नै मारिएको  बताइएको छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

खेलकुद

आईपीएल २०२० : दिल्ली र पञ्जाबबीच खेल हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) २०२०को दोस्रो खेलमा आइतबार दुबईमा दिल्ली क्यापिटल्स र किङ्ग्स इलेभन पञ्जाब खेल्दै छन् । यी दुई टिमबीचको खेल राति पाैने ८ बजेपछि सुरु हुनेछ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०६-०४गतेको अहिले सम्मका मुख्य खबरहरु प्रस्तुत गर्याैँ। अन्य दिनहरुमा पनि बेलुका ५:०० बजे दिनभरीका मुख्य खबर पढ्न सक्नुहुनेछ । कृपया सत्य र निस्पक्ष खबरको स्तरीय प्रसारणको लागि दरबार टाईम्स हेर्दै गर्नुहोला..

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु