Information is intelligence
Home7D7Pप्रदेश १ विशेष खबर २०७७-०६-०४ (७ दिन ७ प्रदेश) | आइतबार

प्रदेश १ विशेष खबर २०७७-०६-०४ (७ दिन ७ प्रदेश) | आइतबार

- Advertisement -spot_img

सत्य र निष्पक्ष खबरकाे स्तरीय प्रशारण दरबार टाइम्स सात दिन सात प्रदेश अन्तर्गत आज आइतबार प्रदेश नम्बर एककाे

विगत एक हप्तामा भएका खबरहरूमध्ये विशेष खबरलार्इ प्रस्तुत गरेका छाैँ ।

३०० सय जनाकाे सुन लिएर दम्पति फरार

माेरङकाे बुढीगंगा गाउँपालिकामा सञ्चालित चन्दा ज्वेलर्सका सञ्चालक दम्पति ३ सय जनाले धिताे राखेकाे सुनका गहना लिएर फरार भएका छन् । गहना धिताे लिएर थाेरै रकम ऋण दिएका र धेरै गहना भेला पारेपछि फरार भएकाे माेरङ प्रहरीले जनाएकाे छ ।

प्रदेशसभा सार्ने च्याप्टर क्लोज ! विराटनगरमै भवन शिलान्यास

प्रदेश १ को प्रदेशसभाको नयाँ भवनको विराटनगरमा असाेज १ गते बिहीबार शिलान्यास भएको छ । जिल्ला समन्वय समितिको भवनमा सञ्चालन भइरहेको प्रदेश सभाले जि. स .स. कै खाली जग्गामा नयाँ भवन शिलान्यास गरेको हो ।प्रदेशसभा भवन विराटनगरमा बनाउने कि इटहरीमा भन्ने विवाद थियो ।याे सँगै विवाद साम्य भएकाे छ।

रूद्राक्ष व्यवसाय ठप्प

काेराेना माहामारीका कारण रूद्राक्षकाे केन्द्र मानिएकाे भाेजपुर र संखुवासभामा रूद्राक्ष काराेबार ठप्प भएकाे छ । चीन भारतमा बिक्री हुँदै आएकाे रूद्राक्ष यसवर्ष काेराेना माहामारीकाे कारण ठप्प बन्दा व्यवसायीहरूकाे कराेडाैँ रकम डुब्ने खतरा देखिएकाे छ ।

ग्रामीण सडक क्षतविक्षत, नदी कटान तीव्र

भदौको अन्तिम साताको अविरल वर्षाका कारण झापाका ग्रामीण सडक क्षतविक्षत बनेका छन्। मुख्य राजमार्गबाट ग्रामीण क्षेत्र जोड्ने कच्ची तथा निर्माणाधीन सडकहरु अस्तव्यस्त हुँदा जनजीवन समस्यामा परेको छ। सडकमा भएका खाल्डामा पानी जमेपछि बालबालिका डुब्ने र दुर्घटनाको खतरा बढेकाले स्थानीयहरू त्रसित बनेका छन् ।

मुख्यमन्त्री शेरधन राईविरुद्धको मुद्दा फिर्ता लिएकी बालिका पक्राउ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको बेला बालिका खड्का कोटेश्वरस्थित पेरिसडाँडाबाट पक्राउ परेकी छन् ।प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी खड्का पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिन नभुल्नुहोला

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु