Information is intelligence
HomeEntertainment & Artsमिस्टर एन्ड मिस टिकटक हुने

मिस्टर एन्ड मिस टिकटक हुने

- Advertisement -spot_img

नेपाली चलचित्र क्षेत्रमा नयाँ र प्रातिभावान् कलाकार भित्र्याउन मिस्टर एन्ड मिस टिकटक प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगीहरूले अभिनय गरेको भिडियो टिकटकमा अपलोड गरेर त्यो भिडियो प्रतियोगितामा पठाउनुपर्ने आयोजकले जनाएको छ

२९ सेप्टेम्बरसम्म प्रतियोगीहरूले सहभागिता जनाइसक्नुपर्ने पनि आयोजक द जीएमआईले जनाएको छ । प्रतियोगितामा सहभागी हुन १ सय रुपैयाँ शुल्क राखिएको छ । प्रतियोगितामा उत्कृष्ट हुनेले एउटा चलचित्र, दुईवटा म्युजिक भिडियोमा काम गर्ने अवसर प्राप्त गर्नेछ । यस्तै, १ लाख ५० हजार रुपैयाँ पनि प्रदान गरिने आयोजक पक्षले जनाएको छ ।

त्यस्तै दोस्रो हुनेले एउटा वेभ सिरिज, एउटा म्युजिक भिडियोमा अभिनयको अवसर र १ लाख रुपैयाँ पाउने बताइएको छ । तेस्रो हुनेले एउटा म्युजिक भिडियोमा अभिनय अवसर र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको निर्णयकमा अभिनेत्री प्रियंका कार्की, हास्य अभिनेता किरण केसी र नृत्य निर्देशक कविराज गहतराजलाई चयन गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु