Information is intelligence
HomeInternationalबेलायतको सबैभन्दा ठूलो बैंक 'एचएसबीसी' अवैध धन सार्न संलग्‍न रहेको खुलासा

बेलायतको सबैभन्दा ठूलो बैंक ‘एचएसबीसी’ अवैध धन सार्न संलग्‍न रहेको खुलासा

- Advertisement -spot_img

लन्डन । एचएसबीसी  बैंकले घोटालाबारे खुलासा भएको थाहा पाए पनि उक्त कार्यमा संलग्‍न रहेकाहरूलाई विश्वभर लाखौं डलर पठाउन दिएको पाइएको छ । बेलायतको सबैभन्दा ठूलो बैंकले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङकङस्थित खातामा रकम ट्रान्सफर गरेको थियो ।

एचएसबीसीको ८ करोड अमेरिकी डलर बराबरको घोटालाको विस्तृत विवरण बैंकहरूको “सस्पिसियस एक्टिभिटी रिपोर्टस” अर्थात् सन्दिग्ध गतिविधिबारे दस्ताबेजमा उल्लेख छ ।

सार्वजनिक भएको उक्त गोप्य दस्तावेजलाई ‘फिनसेन फाइल्स’ भनिएको छ । एचएसबीसीले भने त्यस्ता गतिविधिबारे जानकारी गराउने विषयमा सधैं आफ्नो कर्तव्य पुरा गरेको बताएको छ ।

अमेरिकामा सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा बैंकलाई १.९ अर्व अमेरिकी डलर जरिवाना गरिए लगत्तै पछिल्लो घोटालासम्बन्धी गतिविधि सुरु भएको बताइएको छ । बैंकले यस्ता अभ्यासहरूलाई रोक्ने प्रतिज्ञा गरेको थियो ।

घोटालामा ठगिएकाहरूका वकिलहरूले त्यस्ता खाता बन्द गर्न बैंकले समयमै पहल गर्नुपर्ने थियो भनेका छन् । फिन्सेन फाइल्स दुई हजार ६५७ दस्तावेजबारे खुलासा हो । जसमा दुई हजार १०० शंकास्पद गतिविधि वा ‘सस्पिसियस एक्टीभीटी रिपोर्टस’ उल्लेख छ ।

‘सस्पिसियस एक्टीभीटी रिपोर्टस’ आफैमा गलत कार्यको प्रमाण भने होइन । बैंकहरूले आफ्ना ग्राहकबारे शंका गरेको खण्डमा ती दस्तावेज नियमनकारी निकायहरूलाई पठाउने गर्छन् ।

उनीहरूसँग आपराधिक गतिविधिबारे प्रमाण भए रकम कारोबारमा रोक लगाउनुपर्ने हुन्छ । उक्त खुलासाले विश्वका सबैभन्दा ठूला केही बैंकहरूबाट कसरी सम्पत्ति शुद्धीकरण गरिएको थियो र अपराधीहरूले रकम लुकाउन कसरी गुमनाम ब्रिटिस कम्पनीहरूको प्रयोग गरेका थिए भन्ने कुरा देखाएको छ । – बीबीसी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु