Information is intelligence
HomeUncategorizedकेन्द्रले जडीबुटीका विरुवा निः शुल्क वितरण गर्ने

केन्द्रले जडीबुटीका विरुवा निः शुल्क वितरण गर्ने

- Advertisement -spot_img

इलाम | किसानलाई औषधिजन्य जडीबुटीको खेतीमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्न वनस्पति अनुसन्धान केन्द्रले जडीबुटीका विरुवा निः शुल्क  वितरण गर्ने भएको छ । पछिल्लो समय औषधिजन्य वनस्पतिको खपत  बढी रहेका बेला  केन्द्रले विरुवा वितरण गर्न लागेको हो ।

केन्द्रले ७० हजार औषधिजन्य वनस्पति र ३० हजार किवीको विरुवा वितरण गर्ने जनाएको छ ।  केन्द्रका नर्सरीमा अहिले एक लाख पाँच हजार विरुवा  रहेका छन् । ती मध्येबाट एक लाख विरुवा किसानलाई वितरण गर्ने केन्द्रले जनाएको छ । “हामीले कम्तिमा पनि एक लाख विरुवा वितरण गर्छौ”केन्द्रका वैज्ञानिक अधिकृत जीवन पाण्डेले भने,“हामीले वीउ दल चाहिँ करीव एक लाख पाँच हजार विरुवा गरेका छौं । कीरा लागेमा वा रोग परेर पाँच हजार जति विरुवा मरेपनि  एक लाख विरुवा चाहिँ बाड्ने लक्ष्यमा छौं ।” केन्द्रले यही असोज मसान्तसम्ममा कृषकलाई कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । किसानका लागि वितरण गर्न केन्द्रसँग लौठ सल्ला ३० हजार, सिल टिमुर ३० हजार, तेजपत्ता १० हजार, वोक टिमुर ५ हजार र किवी पाँच हजार विरुवा रहेका छन् ।

केन्द्रको सन्दकपुर गाउँपालिकास्थित माइपोखरी वनस्पति उद्यानबाट विरुवा वितरण गरिने छ । “हामीले किसान आह्वान गर्छौ । किसानको खेतबारीको स्थलगत सर्वेक्षण गरेपछि विरुवा दिन्छौ”, उनले भने,“ सर्वेक्षण गर्दा उपयुक्त हावापानी भएको वारीमा विरुवा वितरण गर्छौ ।”   किसानलाई औषधिजन्य वनस्पतिको खेतीको जानकारी र प्रोत्साहनका लागि केन्द्रले विरुवा वितरण थालेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु