Information is intelligence
HomeAMKआजकाे मुख्य खबर | २०७७-०६-०५ | Head News | Durbar Times

आजकाे मुख्य खबर | २०७७-०६-०५ | Head News | Durbar Times

- Advertisement -spot_img

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज  २०७७-०६-०५ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • माैसम

कोरोना सम्बन्धी

२४ घण्टामा १००५  जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर  १००५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। त्यस्तै पछिल्लाे २४ घण्टामा काेराेनाबाट १६  जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

राजनीति – समसामयिक

छ महिनापछि शुरु भयो आन्तरिक उडान

कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान आजबाट शुरु भएको छ । बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प भएकाे थियाे ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

कात्तिक ८ गतेभित्रै क्लिनफिड लागु हुने

नेपालमा कात्तिक ८ गतेभित्रै क्लिनफिड नीति लागु हुने भएकाे छ । सोमबार विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सञ्चारसचिव हरिप्रसाद बस्यालले समयमै क्लिन फिड लागू हुने बताएका हुन् । उनले ‘सञ्चार मन्त्रालयले विज्ञापनरहित प्रसारणका लागि सेवाग्राहीलाई आवश्यक निर्देशन दिएकाे बताएका छन्  । मन्त्रालयले ०७७ कात्तिक ८ बाट क्लिन फिड लागू गर्ने तयारी गरेको ,र लागू गरिछाड्ने समेत बताएका छन्  ।’

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

अब विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै

नेपालमा चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ । ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले बताए ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

अन्तराष्ट्रिय

मुम्बईमा तीनतले भवन भत्किँदा १० जनाको मृत्यु

भारतको महाराष्ट्रस्थित मुम्बई सहरमा तीन तले भवन भत्किँदा १० जनाको मृत्यु भएको छ ।  मानिसहरु सुतिरहेको समयमा सोमबार बिहान भवन भत्किएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।उक्त भवनभित्रै अझै २०-२५ जना फसेको हुनसक्ने अनुमान गरिएको छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

बहुराष्ट्रीय कम्पनीहरुले गरीबहरुको ढाड सेक्दै महामारीबाट अत्याधिक नाफा उठाए : अक्सफाम

कोभिड–१९ महामारीका बेला गरीबरुको ढाड सक्दै केही बहुराष्ट्रिय कम्पनीहरुले अत्याधिक फाइदा कमाएका छन् । अक्सफामको एक प्रतिबेदनका अनुसार कोरोना महामारीले निर्माण गरेको नयाँ आर्थिक मोडेलले गरीबहको ढाड सेक्दै अति धनाड्यहरुका लागि नाफा वितरण गरेको बताएको छ ।महामारीको समयमा विश्वका ३२ ठुला कम्पनीहरुको नाफमा १ खरब ९ अरबको वृद्धि भएको अम्सफामले जनाएको छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

बेलायतको सबैभन्दा ठूलो बैंक ‘एचएसबीसी’ अवैध धन सार्न संलग्‍न रहेको खुलासा

एचएसबीसी  बैंकले घोटालाबारे खुलासा भएको थाहा पाए पनि उक्त कार्यमा संलग्‍न रहेकाहरूलाई विश्वभर लाखौं डलर पठाउन दिएको पाइएको छ । बेलायतको सबैभन्दा ठूलो बैंकले सन् २०१३ र २०१४ मा आफ्नो अमेरिकी व्यवसायमार्फत एचएसबीसीको हङकङस्थित खातामा रकम ट्रान्सफर गरेको थियो ।एचएसबीसीको ८ करोड अमेरिकी डलर बराबरको घोटालाको विस्तृत विवरण बैंकहरूको “सस्पिसियस एक्टिभिटी रिपोर्टस” अर्थात् सन्दिग्ध गतिविधिबारे दस्ताबेजमा उल्लेख छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

खेलकुद

आईपीएलमा आज बेङ्ग्लोर र हैदरावाद भिड्दै

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत तेस्रो खेलमा आज रोयल च्यालेन्जर्स बेङ्ग्लोर र सनराइजर्स हैदराबाद भिड्दै छन्। आज साँझ पौने ८ मा सुरु हुने खेलमा बिराट कोहलीको कप्तानीमा रहेको बेङ्ग्लोर र डेबिट वार्नरको कप्तानीमा रहेको हैदराबाद आमनेसामने हुनेछन्।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

माैसम

आगामी पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना

आगामी पाँच दिन देशका धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तर­पूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०६-०५ गतेको अहिले सम्मका मुख्य खबरहरु प्रस्तुत गर्याैँ। अन्य दिनहरुमा पनि बेलुका ५:०० बजे दिनभरीका मुख्य खबर पढ्न सक्नुहुनेछ । कृपया सत्य र निस्पक्ष खबरको स्तरीय प्रसारणको लागि दरबार टाईम्स हेर्दै गर्नुहोला..

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु