Information is intelligence
HomeBrandभिडिओ कल गरेर खसी छान्न सकिने, 'ग्यापु' ले घरघरमै पुर्‍याइदिने

भिडिओ कल गरेर खसी छान्न सकिने, ‘ग्यापु’ ले घरघरमै पुर्‍याइदिने

- Advertisement -spot_img

काठमाण्डौ – ग्यापु डट कमले दशैँलाई लक्षित गरेर लोकल खसी, कुखुरा र हाँस होम डेलिभरी गर्ने भएको छ ।

बाजेको सेकुवासँगको समन्वयमा  उपभोक्ताको मागअनुसार होम डेलिभरी गर्ने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए। ग्यापुले दशैंमा पचास लाख बढीको उपहार, क्यास ब्याक, छुट र बम्पर अफर ल्याउने खड्काको दाबी छ ।

‘अधिकांश मानिसहरु खसी किन्दा रङ, सिङ हेरेर र तौल जोखेर लिने गर्छन्, हामी यो कुरालाई पनि सहज बनाउँदै छौँ, सामाजिक सञ्जालमार्फत भिडियो कल गरेर उपभोक्तालाई देखाएर रोजेको खसी डेलिभरी गर्दैछौँ’,  खड्काले भने।

दशैँमा उपत्यकामा तीन हजार खसी बेच्ने उद्देश्यले ग्यापुले खसीको प्रि–बुकिङ पनि सुरु गरिसकेको छ । उपभोक्ताले अहिले नै खसी घरमै लगेर पाल्ने भए पनि होम डेलिभरी गरिने खड्काले बताए।

होम डेलिभरी सेवा भरपर्दाे भएकोले समन्वय गरी काम गरेको बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारी बताए।

ग्राहकले सामान खरिद गर्दा जुनसुकै अनलाइनबाट  भुक्तानी गर्न सक्छन् भने डेलिभरीकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधासमेत उपलब्ध छ । अनलाइनको सुबिधा नभएका ग्राहकहरुले डेलिभरीको समयमा नगद पनि दिन सक्नेछन् ।

लकडाउनकै अवधिमा स्थापना भएको ग्यापुले छोटो समयमै ५० जनालाई रोजगारी दिन सफल भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु