Information is intelligence
Home7D7Pप्रदेश २ विशेष खबर २०७७-०६-०५ (७ दिन ७ प्रदेश) | साेमबार

प्रदेश २ विशेष खबर २०७७-०६-०५ (७ दिन ७ प्रदेश) | साेमबार

- Advertisement -spot_img

सत्य र निष्पक्ष खबरकाे स्तरीय प्रशारण दरबार टाइम्स सात दिन सात प्रदेश अन्तर्गत आज साेमबार प्रदेश नम्बर २ काे मुख्य खबर ।

संविधान दिवसमा कतै स्वागत कतै विराेध

संविधान दिवसकाे अवसरमा असाेज ३ गते सर्लाही जिल्लामा कतै  दिप प्रज्वलन तथा  स्वागत कार्यक्रम गरिएको थियो भने कतै कालो दिनको रुपमा लिँदै विरोध प्रदर्शन गरिएको थियो।सत्ताधारी नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत पार्टीका नेता कार्यकर्ताले संविधान दिवसको अवसरमा स्वागत तथा दिप प्रज्वलन गरेका थिए भने जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले कालो दिनको रुपमा विरोध प्रदर्शन गरेका थिए ।

भारतीय मलको भरमा किसानः चर्को मूल्यमा किन्छन् मल

सरकारी अनुदानको रासायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने बाध्यता छ ।खुल्ला सिमानाका कारण घोडासान, चैनपुर, बरगिनीया, छौडादानो र आधापुरलगायत भारतीय बजारबाट किसानले रासायनिक मल ल्याएर खेतमा छर्नुपर्ने बाध्यता रहेको किसानको भनाइ छ ।

डेढ वर्षमा बर्दिवास–वीरगञ्ज रेल गुडाउने विभागको तयारी

नेपाली भूमिमा निर्माण हुने पहिलो रेलमार्ग बर्दिवास सिमरा हुने विभागले जनाएको छ । बर्दिवासदेखि निजगढसम्मको ७० किमि रेलमार्ग बनाउन १० वटा ठूला पुल बनाउने काम पनि जारी रहेको छ । अवस्था समान्य भए सबै निर्माण कार्य पूरा गरी करिब डेढ वर्षभित्रै बर्दिवास–वीरगञ्ज मार्गमा रेल सञ्चालनमा आउने विभागका महानिर्देशक बलराम मिश्रले बताए  ।

स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

वीरगञ्ज बजारमा तरकारीको मुख्य मण्डी मानिएको मीना बजारका केही व्यापारीले प्याजको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तलाई ठग्दै आएको खबर प्राप्त भएपछि स्थानीय प्रशासनले छापा मार्न थालेको छ। प्रशासनले व्यापारीहरुलाई प्याज बिक्री वितरण गर्न मूल्य तोकेपछि स्थानीय उपभोक्तहरुले राहत पाएको उपभोक्ता विजय पण्डितले बताए।

जनप्रतिनिधि र प्रहरीको सेटिङमा नदि दोहन

नेपाल सरकारले असारदेखि भदौ महिनासम्म नदीजन्य पदार्थ उत्खननमा रोक लगाए पनि जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा व्यापक नदी दोहन भइरहेको पाइएको छ ।सरकारी बन्देजको बेवास्ता गर्दै सर्लाही हुँदै बग्ने बाँके, फूलजोर, कालिन्जोर, लखन्देही, बागमतीलगायत खोलाबाट स्थानीय तहका जनप्रतिनिधि र प्रहरीको सेटिङमा दैनिक सयौं ट्याक्टर र टायरगाडा प्रयोग गरी ढुंगा, गिटी, बालुवा उत्खनन भइरहेको स्थानीयले बताइरहेका छन् ।

दरबार टाईम्स ७ दिन ७ प्रदेश अन्तर्गत प्रदेश २ को मुख्य खबर यती नै, भोली प्रदेश ३ को मुख्य खबर लिएर उपस्थित हुनेछौं दरबार टाईम्स हेर्दै, सुन्दै अनी पढ्दै गर्नुहोला । धन्यवाद

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु