Information is intelligence
HomeAMKआजकाे मुख्य खबर | २०७७-०६-०६ | Head News | Durbar Times

आजकाे मुख्य खबर | २०७७-०६-०६ | Head News | Durbar Times

- Advertisement -spot_img

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज  २०७७-०६-०६ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • माैसम

कोरोना सम्बन्धी

२४ घण्टामा   जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १३५६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। त्यस्तै पछिल्लाे २४ घण्टामा काेराेनाबाट २  जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

राजनीति – समसामयिक

शिक्षण अस्पताल जान लागेका डा. केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो

काठमाडौंमै अनसन बस्ने भनी जुम्लाबाट आएका डा. गोविन्द केसीलाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जान नदिई नेसनल ट्रमा सेन्टर लगेको छ।डा. केसीलाई प्रहरीले उनको चाहनाविपरित जबर्जस्ती त्यसतर्फ लगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

चुनाव चिन्हमा गाई छाडेर हलो समाते कमल थापाले, ‘पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०७८ वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कमिटीको बैठकले वैशाख २५-२८ सम्म महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिएका छन्। राप्रपाको विधानलाई अन्तरिम विधान मानी पार्टी दर्ता गर्ने तथा चुनाव चिन्ह ‘हलो’ हुने निर्णय गरेको थापाले ट्वीटमार्फत जानकारी दिएका हुन्।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

१२ वर्ष पछि समातिए बलात्कारी

इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

साझाले भाेलीबाट लामाे दूरीका सवारी चलाउँदै

साझा यातायातका लामो दूरीका बसहरू भोलिबाट चल्ने भएका छन् ।साझा यातायातले मंगलवार ट्वीट गर्दै काठमाडौं–भैरहवा तथा काठमाडौं–बाग्लुङ रूटका रात्रि बसहरू भोलि साँझबाट चल्ने जानकारी गराएको हो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

अर्थ

दशैँमा ३ हजार खसी, बाेका र च्याङ्ग्रा ल्याउँदै खाद्य कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँलाई लक्षित गर्दै यो वर्ष तीन हजार खसी, बाेका र च्याङ्‍ग्रा खरिद गर्ने भएको छ ।हरेक वर्ष खसी, बोका किनेर सर्वसुलभ रुपमा बिक्री गर्दै आएको कम्पनीले यो वर्ष तीन हजार खसी, बोका र च्याङ्‍ग्रा खरिद गर्ने भएको हो । याे दशैँमा १४ सय च्याङ्ग्रा, १६ सय खसी र बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका योजना विभाग प्रमुख शर्मिला सुवेदीले बताइन् ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

असाेज १५ देखी खाडी मुलुकहरुबाट नियमित उडान हुने

सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण सहज नभएकाले ती मुलुकमा  नियमित उडान भएको थिएन ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

अन्तराष्ट्रिय

ताइवानका राष्ट्रपतिलाइ मार्ने ग्लाेबल टाइम्सकाे धम्की

अमेरिकाका वरिष्ठ दूत कीथ क्रेचको दुई महिानामा दोश्रो पटक भएको ताईवान यात्राबाट चीन भड्किएको छ ।चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले ताईवानका राष्ट्रपति त्साई इंगवेनलाई ज्यान मार्ने धम्की दिएको हो ।ग्लोबल टाइम्सले भनेको छ, इंगवेन अमेरिकी विदेश मन्त्रालयका अधिकारीको साथमा डिनर गरेर चीनसँग खेलीरहेको छ । यदि इंगवेनले कुनै पनि प्रकारको चिनियाँ कानून उल्लंघन गरेमा युद्ध हुनेछ ।ताइवानले चीनको युद्धाभ्यास देखेर पनि डराउनु पर्ने पत्रिकामा लेखिएको छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

खेलकुद

बैंगलोरसँग सनराइजर हैदरवादसँग १० रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) टि-२० क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग सनराइजर हैदरवादसँग १० रनले पराजित भयो । आज साँझ पाैने ८ मा चाैथाे खेल चेन्नइ सुपर किंग्स र राजस्थान राेयल्सबीच हुनेछ

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

माैसम

अझै केही दिन पानी पर्ने

हिजोदेखि देशभर भइरहेको हल्का तथा मध्यम वर्षा अझै केही दिन जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभाग अन्तर्गतको मौसम पूर्वानुमान डिभिजनले ट्वीट गर्दै अझै केही दिन सतर्कता अपनाउन अपिल गरेको हो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०६-०६ गतेको अहिले सम्मका मुख्य खबरहरु प्रस्तुत गर्याैँ। अन्य दिनहरुमा पनि बेलुका ५:०० बजे दिनभरीका मुख्य खबर पढ्न सक्नुहुनेछ । कृपया सत्य र निस्पक्ष खबरको स्तरीय प्रसारणको लागि दरबार टाईम्स हेर्दै गर्नुहोला..

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु