Information is intelligence
HomeInternationalआईपीएल आज चौथो खेल राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स भिड्दै

आईपीएल आज चौथो खेल राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स भिड्दै

- Advertisement -spot_img

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत मङ्गलबार राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । यी दुई टिमबीचको खेल बेलुका पौने ८ बजेपछि सुरु हुनेछ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान चेन्नईलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।

पछिल्लो पाँच भेटमा भने राजस्थानले चेन्नईविरुद्ध एकमात्र जित निकालेको छ । अघिल्लो संस्करणको दुई भेटमा चेन्नईले राजस्थानलाई हराएको थियो ।

राजस्थानलाई प्लेइङ ११ छान्न चिन्ता थपिँदा चेन्नई भने पहिलाे खेलकै प्लेइङ ११ का साथ मैदानमा उत्रने सम्भावना छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु