Information is intelligence
Home7D7Pप्रदेश ३ विशेष खबर २०७७-०६-०६ (७ दिन ७ प्रदेश) | मंगलबार

प्रदेश ३ विशेष खबर २०७७-०६-०६ (७ दिन ७ प्रदेश) | मंगलबार

- Advertisement -spot_img

सत्य र निष्पक्ष खबरकाे स्तरीय प्रशारण दरबार टाइम्स सात दिन सात प्रदेश अन्तर्गत आज मंगलबार प्रदेश नम्बर तीनकाे विगत एक हप्तामा भएका खबरहरूमध्ये विशेष खबरलाई प्रस्तुत गरेका छाैँ ।

समाचारको बिषयमा हेटौंडाको कोरोना ल्याबमा लफडा, ३ दिनदेखिको रिपोर्ट नआउदा बिरामीलाई समस्या

समाचारको बिषयलाई लिएर हेटौंडाको कोरोना ल्याबमा लफडा भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशकको मनलाग्दी शिर्षकमा आइतबार बागमती खबरमा समाचार प्रकाशित भएको थियो ।उक्त समाचारको बिषय उठाएर प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीको श्रीमती र छोरीले हेटौंडा स्थित ल्याबमा सोमबार अन्य कर्मचारीहरुलाई दुव्र्यवहार गरेका छन् ।

आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित

आन्तरिक उडान र निकुञ्जका गतिविधि शुरु हुन थालेपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।झण्डै छ महिनाको बन्दाबन्दी र निषेधाज्ञापछि आजदेखि सञ्चालनमा आउन लागेको आन्तरिक उडान र निकुञ्जका गतिविधिका कारण सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका हुन् ।

नागढुंगा सुरूङ मार्ग निर्माण सुरू , एक वर्ष भित्रै प्वाल खनिने

सिस्नेखोलादेखि काठमाडौंको थानकोट जोड्ने बुहप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माण सुरु भएको छ ।सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार काठमाडौँ र धादिङबाट एकैसाथ सुरुङको मुख बनाउने काम सुरु भएको छ। दुवैतिरको मुख निर्माण भइसकेपछि भित्र छिरेर दैनिक विस्फोट गराइने छ।प्रमुख थापाका अनुसार निर्माण कार्यमा कुनै बाधा अवरोध नआए अबको एक वर्षभित्र दुवैतिरबाट वारपार गर्न मिल्ने गरी सुरुङको प्वाल खोलिने छ।

अवैध क्रसरमा शीलबन्दी

नुवाकोट प्रहरीले जिल्लाको तादी र त्रिशुली खोलामा अवैध रुपमा संचालन भएको वर्डस्टोन क्रसरसहित आधा दर्जन क्रसरमा शिल गरेको छ ।प्रहरीले सर्बोच्च अदालत आदेश अनुसार जिल्लामा मापदण्ड बिपरित संञ्चालित पाँच क्रसरहरु शिल गरेको जनाएको छ ।

पुनः रसायाे ताताेपानीकाे मुहान

रसुवाको आमाछोदिङमाे गाउँपालिका– ५ स्थित रहेको तातोपानी पुनः पलाएको छ । ०७२ को विनाशकारी भूकम्पले सुकेको तातोपानी पाँच वर्षपछि पुनः पलाएको हो । करिब १५ दिनअघि सानो पानी आउन सुरु गरेको भए पनि अहिले पहिलेको अवस्थामै पानी देखिन थालेको स्थानीय नोर्चेल तामाङले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु