Information is intelligence
HomeEconomyनविल बैंकका ग्राहकलाइ फाेनबाटै लाेन

नविल बैंकका ग्राहकलाइ फाेनबाटै लाेन

- Advertisement -spot_img

नेपालमै पहिलोपटक नबिल बैंकले फोनबाटै ऋण लिन सक्ने योजना ल्याएको छ । यो सुविधा अन्तर्गत बैंकमा खाता भएका ग्राहकहरुले आवश्यकता अनुसार १ लाख रुपैयाँसम्म ऋण मोबाइलबाटै लिन पाउनेछन् । एफवन सफ्ट इन्टरनेसनलसँगको सहकार्यमा बैंकले यो सुविधा सुरु गरेको हो । नबिल स्मार्ट बैंकिङ अन्तर्गत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा ऋण उपलब्ध हुनेछ । यो सुविधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्नेछ ।

यस प्रकारको ऋण छोटो अवधिका लागि मात्र उपलब्ध हुने बैंकले जानकारी दिएको छ । ग्राहकले कुनै पनि कागजी प्रक्रिया बिना नै नबिल बैंकको स्मार्ट बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्नेछन् । बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्ने जनाएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहका अनुसार बिनाधितो, बिना कागजी प्रक्रिया तुरुन्त ऋण प्राप्त गर्न सकिने भएकाले यो योजना लोकप्रिय हुने अपेक्षा गरिएको बताए ।

nepalipaisa

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु