Information is intelligence
HomePoliticsनेपालकाे सीमा रक्षाका लागि छिमेकीकाे सहयाेग मागाैँःसरिता गिरी

नेपालकाे सीमा रक्षाका लागि छिमेकीकाे सहयाेग मागाैँःसरिता गिरी

- Advertisement -spot_img

पूर्वमन्त्री सरिता गिरीले नेपालको उत्तरी सिमानाको रक्षाका लागि छिमेकीको सहयोग माग्ने आग्रह गरेकी छन् । बुधबार प्रेस विज्ञप्ति निकालेर गिरी सरकार स्वयंले नसक्ने हो भने छिमेकीको सहयोग लिएर भएपनि उत्तरी सिमानाको रक्षा गर्नुपर्ने माग गरेकी हुन् ।

‘यदि नेपाल सरकार आफनो सिमानाको रक्षा अहिलेको अवस्थामा स्वयं गर्न सक्षम छैन भने मित्र राष्ट्रहरुसँग सल्लाह गरी र सहयोग मागी नेपालको उत्तरी सिमानाको रक्षाको व्यवस्था गर्नका लागि तत्काल अग्रसर हुन सरकारसँग आग्रह गर्दछु । साथै हुम्ला जिल्ला लगायत अन्य उत्तरी भागका जिल्लाहरुमा चीनले नेपालको भूमि अतिक्रमण गरेकोबारे पनि नेपाल सरकारले तुरुन्त आधिकारिक जानकारी गराउन माग गर्दछु ।’उनले विज्ञप्तिमा भनेकी छिन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु