Information is intelligence
HomeTourismसौराहामा पर्यटक बसले सेवा सुरु

सौराहामा पर्यटक बसले सेवा सुरु

- Advertisement -spot_img

चितवनको सौराहामा पर्यटक बसले सेवा थालेका छन् । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौँ र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको हो ।

सोमबारदेखि बाबा ट्राभलले सौराहादेखि काठमाडौँ र काठमाडौँदेखि सौराहाका लागि दैनिक बस सञ्चालन गरेको छ । झण्डै नौ महिनासम्म थन्किएका बस खासै यात्रु नभए पनि सरकारको निर्णयअनुसार सञ्चालन गरिएको ट्राभलका सञ्चालक गणेश दाहालले बताए।

“बसको स्यानिटाइजेसन, यात्रुको सामाजिक दूरी, ज्वरो मापनसहितको उच्च स्वास्थ्य सुरक्षासहित सेवा थालिएको छ”, उनले भने । बाबा ट्राभल्सका दुई बस एउटा काठमाडौँ जाने र एउटा काठमाडाँैबाट सौराहा आउने गरेका छन् । “सौराहा आउने पर्यटक छैनन्”, दाहालले भने “ परिस्थिति सामान्य हुने आशमा बस चलाएका हौं ।” मङ्गलबार चितवनबाट १० यात्रु लिएर काठमाडौँ गएको बसले आज आठ यात्रु मात्र ल्याएर आएको उनले बताए।

सौराहाबाट चितवन सफारीले पनि काठमाडौँका लागि पर्यटक बस चलाउन शुरु गरेको छ । यस्तै संजोग ट्राभलले पोखराका लागि सौराहाबाट बस सञ्चालन गरेको क्षेत्रीय होटल सङ्घ सौराहाले जानकारी दिएको छ । सौराहामा पर्यटक बस चल्न थालेपछि केही आशा पलाएको सङ्घका अध्यक्ष दीपक भट्टराइले बताए। उनले आन्तरिक पर्यटक फाट्टफुट्ट आउन थालेकाले क्रमिक सुधार हुने अपेक्षामा व्यवसायी रहेको बताए।

चितवनमा आन्तरिक पर्यटक बढ्दो अवस्था रहेको र अन्य जिल्लाबाट पनि आउन थालेका भट्टराइले जानकारी दिए। पर्यटक आउने वातावरण बनाउन सौराहाका व्यवसायीले आन्तरिक छुटसमेत दिइरहेको उनले बताए। सामान्य अवस्थामा चितवनको सौराहाबाट काठमाडौँका लागि दैनिक आठ र पोखराका लागि चारसम्म पर्यटक बस सञ्चालन हुँदै आएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु