Information is intelligence
HomeNewsरेबिज मुक्त नगर बनाउने अभियान शुरु

रेबिज मुक्त नगर बनाउने अभियान शुरु

- Advertisement -spot_img

पाँचखाल नगरपालिका भित्रका सामुदायिक कुकुरलाई स्थायी बन्ध्याकरण गर्न थालिएको छ । नगरपालिकालाई रेविज मुक्त नगर बनाउने उद्देश्यले नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर(नार्क)सँगको सहकार्यमा बन्ध्याकरण अभियान सञ्चालन गरिएको हो ।

विश्व रेबिज दिवसको अवसर पारेर नगरपालिकाले मङगलबार मात्रै २० वटा कुकुरको बन्ध्याकरण गरिसकेको पशुपन्छी शाखा प्रमुख दत्तप्रसाद गौतमले बताए। अभियानमा नगरभित्रका करिब ७५ देखि ८० वटासम्म कुकुरको बन्ध्याकरण गर्ने योजनामा रहेको उनले बताए।

यही असोज १२ गते सम्म सञ्चालन हुने यस अभियानमा रेबिज विरुद्धको खोप पनि दिने प्रमुख महेश खरेलले बताए। “नगरभित्र सडकमा भएको कुकुरले रेविज रोग फैलाउन सक्ने तथा विभिन्न दुर्घटना गराउन सक्ने भएकाले अत्यन्तै गम्भीरताका साथ अभियान थालनी गरेका हौं”, नगर प्रमुख खरेलले भने, “नगरभर छाडा छोडिएका कुकुरलाई सङ्कलन गरेर ल्याएर बन्ध्याकरण तथा रेविज विरुद्धको भाक्सिनेसन भइरहेको छ ।”

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु