Information is intelligence
Home7D7Pगण्डकी प्रदेश विशेष खबर २०७७-०६-०७ (७ दिन ७ प्रदेश) | बुधबार

गण्डकी प्रदेश विशेष खबर २०७७-०६-०७ (७ दिन ७ प्रदेश) | बुधबार

- Advertisement -spot_img

सत्य र निष्पक्ष खबरकाे स्तरीय प्रशारण दरबार टाइम्स सात दिन सात प्रदेश अन्तर्गत आज बुधबार गण्डकी प्रदेशकाे विगत एक हप्तामा भएका खबरहरूमध्ये विशेष खबरलाई प्रस्तुत गरेका छाैँ ।

कोरोना महामारीका कारण गोरखाका २५ सय घरधुरीले बत्ती बाल्न पाएनन्

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण गोरखामा विद्युतीकरणको काम प्रभावित भएको छ ।गत आर्थिक बर्ष जिल्लाका बिभिन्न ठाउँका करिव २५ सय घरधुरीमा बिजुली पुर्‍याउने लक्ष्य रहे पनि उक्त योजना अहिलेसम्म पूरा हुन नसकेको नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।

समाज पहिरोले पोखरा–बाग्लुङ सडक फेरि अवरुद्ध

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुस्मा नगरपालिका–१ पाङको सहस्रधारामा पहिरो खसेपछि पोखरा–बाग्लुङ सडकखण्ड अवरुद्ध भएको छ। मंगलबार राति पहिरो खसेर सडक अवरुद्ध भएको हो।

रात परेपछि बिस्तरा बोकेर विद्यालयमा, बिहान भएपछि डराउँदै घरमा

पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरीलाई एक सातायता यस्तो बाध्यता भएको छ कि उनीहरू सुत्नका लागि बिस्तरा बोकेर विद्यालयमा पुग्छन्, बिहान उठेर हेर्दा नपल्टिएको घर हेर्दै लामो सास फेरेर घरमा फर्किन्छन्। एक साताअघि भएको अविरल वर्षाका कारण आएको पहिरोका कारण एकघरेको बस्ती नै पुरिन वा बग्न सक्ने जोखिममा परेपछि उनीहरू आकाशको अवस्था हरेर ज्यान बचाउनकै लागि नजिकै रहेको माटेदेवल प्राविधिक विद्यालयको कोठामा पुगेर सुत्ने गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ६३ प्रतिशत सकियो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रगति ६३ प्रतिशत पूरा भएको छ। सन् २०२१ जुलाईमा निर्माण सम्पन्‍न गर्ने लक्ष्यका साथ काम सुरु भए पनि कोभिडका कारण केही समस्या हुने देखिएको छ।

पोखराबाट वन्यजन्तुको आखेटोपहारसहित एक जना पक्राउ

विभिन्न वन्यजन्तुको आखेटोपहारसहित प्रहरीले मंगलबार साँझ धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई पक्राउ गरेको छ । आखेटोपहारको अवैध ओसारपसार र कारोवार हुदै गरेको सूचनाका आधारमा उनलाई पोखरा–३१ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु