Information is intelligence
HomeAMKआजकाे मुख्य खबर | २०७७-०६-०७ | Head News | Durbar Times

आजकाे मुख्य खबर | २०७७-०६-०७ | Head News | Durbar Times

- Advertisement -spot_img

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज  २०७७-०६-०७ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • माैसम

कोरोना सम्बन्धी

२४ घण्टामा   जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। त्यस्तै पछिल्लाे २४ घण्टामा काेराेनाबाट   जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

राजनीति – समसामयिक

ब्याक अफ चाइना भन्दै बालुवाटारमा प्रदर्शन

हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि ब्याक अफ चाइना भन्दै प्रदर्शन भएको छसीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने मागसहित प्रदर्शनकारीहरूले नाराबाजी गरेका छन् ।प्रदर्शनकारीहरूलाई प्रहरीले दूतावासबाट तितरबितर पारेको छ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

प्रधानमन्त्रीद्वारा नयाँ क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नक्सा अनुसारको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक लगाएका छन् ।पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तक वितरण तथा थप पुस्तक छपाई नगर्न प्रधानमन्त्रीले शिक्षा मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

राष्ट्रिय सम्मानसहित हिउँ चितुवाकाे अन्त्येष्टी

विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको  आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार उनकाे अन्त्येष्टि गरिएको हाे ।उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरे ।विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पा ‘हिउँ चितुवा’ उपनामले पनि चिनिन्छन् ।शेर्पाको ५ असोजमा काठमाडौंमा निधन भएकाे थियाे

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

२१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा

सम्झौताअनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग भएका २१ ठेक्का सम्झौता सडक डिभिजन कार्यालय हेटौँडाले अन्त्य गरेर त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ ।सम्झौताअनुसारको म्याद समाप्त भएर पटक–पटक म्याद थप गरेर पनि लामो अवधिसम्म कार्य सम्पन्न नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने निर्णय गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

लामो समयदेखि बन्द रहेको जानकी मन्दिर खुला

कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न भन्दै गरिएको लकडाउन र निषेधाज्ञाका कारण लामो समयदेखि बन्द रहेको जनकपुरस्थित जानकी मन्दिर दर्शनार्थीका लागि खुला गरिएको छ ।

१ असोजदेखि नै मन्दिर खुला गरिए पनि दर्शनार्थीको संख्या भने न्यून देखिएको छ । मन्दिर खुलेसँगै पूजा सामग्री तथा फलफूल मिठाइका पसल खुलेका छन् ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

अन्तराष्ट्रिय

ट्रम्पले भनेः चीनले विश्वलाई संक्रमित बनायो

अमेरिका र चीनबीच जारी विवाद संयुक्त राष्ट्रसंघको महासभामा पनि देखिएको छ।राष्ट्रसंघको महासभामा समेत अमेरिका र चीनबीच आरोप र प्रत्यारोप भएको हो.महासभामा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस ‘कोभिड १९’ विश्वभर फैलिनुमा चीन जिम्मेवार रहेको बताएका छन्।यसमा चिनयाँ राष्ट्रपति सीले  दुई सभ्यताबीचको टकराबले विश्वमा नकरात्मक परिणाम निम्तने चेतावनी दिएका छन्।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

प्रहरीसँगको भिडन्तमा २५ आतंककारीको मृत्यु

अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा प्रहरी कारबाहीमा पछिल्लो २४ घण्टामा २५ जना आतंककारीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीसँगको भिडन्तमा अरु १८ जना घाइते भएका छन् ।प्रान्तीय प्रहरी प्रवक्ता शापूर अहमदजाईले हतियारधारी समूहले बाराकी बाराक जिल्लाको प्रहरी जाँच चौकीमा आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको बताए ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

खेलकुद

आईपीएलमा आज मुम्बइ इण्डियन्स र कोलकता नाइटराइडर्स भिड्दै (सम्भावित टीम)

इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बइ इण्डियन्स र कोलकता नाइटराइडर्स भिड्दै छन्। आज साँझ पौने ८ मा शेख जायद स्टेडियम अबुधावीमा हुने खेलमा मुम्बइ र कोलकता आमनेसामने हुनेछन्। आईपीएलको साविक विजेतासमेत रहेको मुम्बइले पहिलो खेलमा चेन्नइसँग ५ विकेटले पराजित भएको थियो। अर्कोतर्फ कोलकता जारी सिजनमा आफ्नो पहिलो खेलका उत्रँदै छ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

माैसम

शनिबारसम्म देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज २०७७-०६-०७ गतेको अहिले सम्मका मुख्य खबरहरु प्रस्तुत गर्याैँ। अन्य दिनहरुमा पनि बेलुका ५:०० बजे दिनभरीका मुख्य खबर पढ्न सक्नुहुनेछ । कृपया सत्य र निस्पक्ष खबरको स्तरीय प्रसारणको लागि दरबार टाईम्स हेर्दै गर्नुहोला..

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु