Information is intelligence
HomeInternationalअफगानिस्तानको लोगार प्रान्तमा २५ आतंककारीको मृत्यु

अफगानिस्तानको लोगार प्रान्तमा २५ आतंककारीको मृत्यु

- Advertisement -spot_img

अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा प्रहरी कारबाहीमा पछिल्लो २४ घण्टामा २५ जना आतंककारीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीसँगको भिडन्तमा अरु १८ जना घाइते भएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ता शापूर अहमदजाईले हतियारधारी समूहले बाराकी बाराक जिल्लाको प्रहरी जाँच चौकीमा आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको बताए ।

प्रहरीले विद्रोहीबाट हातहतियार पनि बरामद गरेको थियो । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया दिएको छैन ।एएनआई

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु