Information is intelligence
HomeCulture & Religionदक्षिणकाली मन्दिर थाङपालधापको इतिहास खोज्दै

दक्षिणकाली मन्दिर थाङपालधापको इतिहास खोज्दै

- Advertisement -spot_img

संवाददाता अजय खत्री

असोज ६, काठमाडौं । इतिहासको खोजि र संरक्षणको प्रयास स्वरुप दरबार टाइम्सले ४०० वर्ष भन्दा लामो इतिहास बोकेको दक्षिणकाली मन्दिर, सिन्धुपाल्चोक पुगि त्यहाँको एतिहासिक र पौराणिक पक्षको संरक्षण गर्ने प्रयास गरेको छ ।

दक्षिणकाली मन्दिर पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ६ थाङपालधाप, सिन्धुपाल्चोकमा पर्दछ । स्थानिय धामि झाँक्रीहरुको भनाइलाइ आधार मान्दा दक्षिणकाली मन्दिरमा १६५७ मङसिर २२ गते पुर्णिमा तिथि(चण्डी तिथि) का दिन देवि उत्पति भएको धार्मिक विश्वास रहेकोे छ ।

दक्षिणकाली मन्दिर व्यवस्थापन तथा पर्यटन प्रवर्दन समितिका सचिव भरत खड्काका अनुसार दक्षिणकाली मन्दिर सँगै लामो इतिहास बोकेका अन्य चार वटा शक्ति पिठहरु थाङपालधापमा रहेका छन् ।उनले भने “ दक्षिणकालीका साथै खाल्डेमा महाकालि, मसारमा शेति, साविक वडा नं ४ तामाङ टोलमा भैरवि देवि र साविक वडा नं २ को पुल भञ्याङमा चण्डेनि देवि गरी थाङपालधाप भित्र पाँच वटा देविका शक्ति पिठहरु रहेका छन्।”

विभिन्न समयमा उक्त मन्दिरमा रहेको घण्टा लगाएत पुराना सामानहरु चोरी हुन थालेपछि २०७६ भदै १५ गते दक्षिणकाली मन्दिर व्यवस्थापन तथा पर्यटन प्रवर्दन समितिको निर्माण गरि मन्दिर संरक्षण र प्रवर्दनको काम हुँदै आएको समितिका अध्यक्ष मोतिकृष्ण नगरकोटिले बताउनुभयो। उनका अनुसार २०७० साल भदौ देखि हरेक वर्ष अनन्त चतुर्दशिका दिन रुद्री, चन्डिपुजा र होम हालेर ब्राह्मण विधीबाट मन्दिरमा पुजा आजा हुँदै आएको छ ।

विशेष गरि हिन्दु र वौद्ध धर्मवलम्वीहरुको आस्थाको धरोहरको रुपमा रहेको दक्षिणकाली मन्दिरमा धार्मिक सहिष्णुताको उधाहरण पनि देख्न पाइन्छ । कुनै पनि पुजा आजा हुँदा स्थानिय ब्राह्मण, क्षेत्रि, तामाङ समुदाय र दलित समुदायका व्यक्तिहरुले मन्दिरमा भेटि चढाउने गरेका छन् भने हिन्दु विधीबाट पुजाआज गरी सम्पूर्ण समुदायका व्यक्तिले ब्राह्मणको हातवाट टिका र प्रसाद लिने गरेका छन्  । समिती निर्माण भएपछि दैनिक रुपमा स्थानिय पुजारीद्धारा पुजा आजा हुने मन्दिरमा पुजाआजाका सम्पूर्ण खर्च मन्दिर व्यवस्थापन समितिले नै व्यवस्था गर्ने गरेको छ ।

खेति पातिको सिजनमा पानी नपरेर समस्या परेको वेला स्थानियहरुले दक्षिणकाली मन्दिरमा मड्कल पुजा गरेपछि पानि परेको धेरै उदाहरण रहेको खड्काले बताए। उनले भने “ त्यसैले हामिले पुजारीलाई दैनिक पुजापाठ गर्दा स्थानिय बासिमा कुनै किसिमको विपदको सामना गर्नु नपरोस भनि पुजागर्ने भनि भनेका छौँ । विपद र संकटको घडिमा यी पाँच देविथानहरुमा पुजा आजा गर्दा संकट टर्ने गरको छ । ”

दक्षिणकाली मन्दिर संरक्षणका लागि स्थानिय विशेष गरी नेवार समुदायका व्यक्तिहरुले गरेको सहयोग प्रति आभारी हुँदै समितिका सदस्य झोक्कि वाईवाले बताए“ हामिले मन्दिर संरक्षणका लागि स्थानिय सरकारलाई धेरै अनुरोध गर्यौँ तर अनउत्पादन क्षेत्रमा लगानि नगर्ने निति सरकारले लिएको भन्दै स्थानिय सरकार पन्छिनाले दक्षिणकालि जस्ता पुरातात्विक विशेषस्था बोकेका धार्मिक स्थानहरुको संरक्षण हुन सकेका छैन । बरु स्थानिय विशेष गरी नेवार समुदायले मन्दिर संरक्षणका लागि धेरै आर्थिक सहयोग गरेका छन् । ”

वाईवाका अनुसार भुकम्प अगि रहेको मन्दिर निर्माणको लागि पनि स्थानिय नेवार समुदायले व्यक्तिगत रुपमा विशेष सहयोग गरेको र भुकम्पले मन्दिर भत्किएपछि पनि मन्दिर संरक्षणका लागि मन्दिर वरिपरी पर्खाल लगाउने, तारबार लगाउने, सतल निर्माण गर्ने लगाएत अन्य संरचना निर्माणको लागि सहयोग मिलेको थियो । त्यसका साथै आर्सु नेपाल नामक संस्थाको सहयोगमा पर्खाल निर्माण लगाएतको काम भएकोे बताए ।

स्थानिय सरकारले पर्यटन प्रवर्दनको नारा अगि सारे पनि धार्मिक पुरातात्विक स्थानहरुको पौराणि पक्ष खोजि र संरक्षणमा कानुनि पक्षले वाधा गरेको भनि पन्छि रहे पनि दक्षिणकाली मन्दिरको इतिहास जोगाउन चांडै डिजिटल आरकाइभमा दक्षिणकालीको इतिहास संरक्षण गरी राखिने पनि वाईवाले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु