Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा १ हजार १७२ जना कोरोना संक्रमित, उपत्यकामा ६३७

पछिल्लो २४ घण्टामा १ हजार १७२ जना कोरोना संक्रमित, उपत्यकामा ६३७

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा १ हजार १७२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४९२ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा ५० थप जनामा कोरोना संक्रमण पुष्टि  भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८९३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ४९७ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ९ लाख ४४ हजार ४७४ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ७ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४३६ पुगेको  छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु