Information is intelligence
HomeTourismरेड पाण्डा संरक्षण दूतमा कलाकार दयाहाङ राई नियुक्त

रेड पाण्डा संरक्षण दूतमा कलाकार दयाहाङ राई नियुक्त

- Advertisement -spot_img

नेपाली कलाकार दयाहाङ राई हाब्रे (रेड पाण्डा) संरक्षण दूतमा नियुक्त भएका छन् । संरक्षण दूत नियुक्त भएसँगै कलाकार राई दुर्लभ वन्यजन्तु हाब्रे (रेड पाण्डा) को संरक्षण र अवैध चोरीसिकारी विरुद्धमा जनचेतना जगाउने अभियानमा सहभागी हुनेछन् ।

प्रसिद्ध कलाकार दयाहाङ राईसँग रेड पाण्डा संरक्षण कार्यमा सहकार्य गर्न पाउँदा अत्यन्तै हर्षित भएकाे रेड पाण्डा नेटवर्कका राष्ट्रिय निर्देशक आङफूरी शेर्पाले बताएका छन् । सहकार्यको माध्यमबाट हाब्रे संरक्षणको अभियानमा सफल हुनेमा विश्वस्त विश्वस्त रहेकाे शेर्पाले बताएका छन् ।

कलाकार राईले पनि हाब्रे संरक्षणमा सम्मिलित हुन पाएकामा उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।राष्ट्रको प्राकृतिक सम्पदाको रुपमा रहेको यो वन्यजन्तुको संरक्षणमा सहभागी हुन पाउँदा गौरवान्वित भएकाे राईले बताए ।

तीनवटा राष्ट्रिय अवार्ड जितेका दयाहाङ राईका हाईवे र ह्वाइट सन अन्तर्राष्ट्रियस्तरमा समेत  सफल भएका छन् ।

वन तथा भू–संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजकत्वमा हाब्रेको अनुसन्धानमा काम गर्दै आएको रेडपाण्डा नेटवर्कले पाँचथर–इलाम–ताप्लेजुङ भू–परिधि क्षेत्रका १० वटा हाब्रेको घाँटीमा जीपीएस स्याटेलाइट कलर जडान गरेर अध्ययन गरिरहेको छ ।

संरक्षित सूचीको हाब्रेको संरक्षण गर्न सरकारले पाँच वर्षे (सन् २०१९–२०२३) कार्ययोजना बनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु