Information is intelligence
HomeNewsनेपाल–चीन सीमाको ११ नम्बर पिलर ५८ वर्षपछि फेला पर्यो

नेपाल–चीन सीमाको ११ नम्बर पिलर ५८ वर्षपछि फेला पर्यो

- Advertisement -spot_img

अजय खत्री | ८ असोज, काठमाडौं। प्रजिअको नेतृत्वको टोलीले हुम्लाको चीन सङगको सिमानामा रहेको ११ नम्बरको सीमास्तम्भ ५८ वर्षपछि फेला परेको छ । बुधबार अनुगमनको लागि सिमा क्षेत्रस्थीत गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले उक्त सीमास्तभ फेला पारेको हो ।

नाम्खा गाउँपालिकाका अध्यक्षका अनुसार प्रजिअको नेतृत्वको टोलीले  नाम्खा गाउँपालिका ६ टाकुलेमा  सीमा प्रहरी चौकीले हिल्साभन्दा माथि करिब ५२ सय मिटर उचाइमा उक्त सिमा स्तम्भ भेटिएको हो । चीनले बनाएका भवन कसको भूभागमा पर्छ भन्नेमा भने आझै अन्योलनै रहेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले वताए।

प्रजिअको नेतृत्वको नेपाली टोली र चिनियाँ अधिकारी विचको वार्ता बसेपनि कुनै निष्कर्ष विनानै वार्ता असफल भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु