Information is intelligence
HomeNewsडा. केसीको समर्थनमा वीरगञ्जका चिकित्सकले सांकेतिक विरोध

डा. केसीको समर्थनमा वीरगञ्जका चिकित्सकले सांकेतिक विरोध

- Advertisement -spot_img

८ असोज, काठमाडौं। लामो समय देखि सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीको समर्थनमा  वीरगञ्जका चिकित्सकले सांकेतिक विरोध गरेका छन् । उनीहरुले  हातमा कालोपट्टी बाँधेर डा. केसीमाथि भएको अभद्र व्यवहारको विरोध  गरेका छन् ।

डा. केसीले चिकित्सा क्षेत्र सुधारको लागि प्रजातान्त्रिक अधिकार प्रयोग गरि सरकार समक्षे आफ्नो जनपक्षिय माग राखेकोमा सरकारवाट उक्त काममा दमन गर्नु नागरिकको प्रजातान्त्रिक अधिकारको हनन् भएको  नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले जनाएको छ । डा. केसीको समाधान गर्न सकिने मागहरु प्रति सरकार लचक भएर जनपक्षिय मागहरु पुरा गर्न लाग्नुपर्नेमा शाखाको सरकार समक्ष अनुरोध रहेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु