Information is intelligence
Home7D7Pप्रदेश ५ विशेष खबर २०७७-०६-०८ (७ दिन ७ प्रदेश) | बिहिबार

प्रदेश ५ विशेष खबर २०७७-०६-०८ (७ दिन ७ प्रदेश) | बिहिबार

- Advertisement -spot_img

सत्य र निष्पक्ष खबरकाे स्तरीय प्रशारण दरबार टाइम्स सात दिन सात प्रदेश अन्तर्गत आज बिहिबार प्रदेश नम्बर ५ काे विगत एक हप्तामा भएका खबरहरूमध्ये विशेष खबरलाई प्रस्तुत गरेका छाैँ ।

पहिरोमा परेर एकै परिवारका ८ जनासहित ९ जनाको मृत्यु

स्याङ्जाको वालिङमा गएको पहिरोमा परेर एकै परिवारका ८ जनासहित ९ जनाको मृत्यु भएको छ । बिहीबार बिहान अविरल वर्षासँगै बालिङ नगरपालिका– १४ स्थित माया नेपालीको घर पहिरोले पुरिँदा उनीसहित ९ जनाको ज्यान गएको हो । प्रहरीका अनुसार पहिरोमा परेर सानु नेपाली, माया नेपाली, मायाका छोराहरु दीपक, कुलदीप र विवश, बुहारी बिनिता तथा नाति शिशिर र पाहुना आएकी उमाकला नेपालीको ज्यान गएको हो ।

विद्यालय सञ्चालनको वातावरण बनाउन विद्यार्थी संगठनहरुको माग

दाङमा क्रियाशील तीन विद्यार्थी संगठनले वैकल्पिक सिकाइको रुपमा चलेका अनलाइन कक्षा प्रभावकारी नभएकाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउदै सबै शैक्षिक संस्थाहरू संचालनको वातावरण तयार गर्न आग्रह गरेका छन् ।अनेरास्ववियू, नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त बैठकले यस्तो आग्रह गरेको छ । निजि विद्यालयहरुले अनलाइन कक्षा पढाएको नाममा अभिभावक र विद्यार्थीहरुबाट चर्को शुल्क असुलेको भन्दै बैठकले भौतिक रुपमा कक्षा संचालन नहुदै शुल्क लिने शैक्षिक संस्थाहरू लाई कार्वाही गर्न माग गरेको छ।

एकैदिन फैसला कार्यान्वयनका १२ अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले एकै दिनमा फैसला कार्यान्वयनका २५ प्रतिशत अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार एकै दिन विभिन्न मुद्धाका १२ जना अभियुक्तलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो । यस जिल्लामा अदालतले सजाय तोकी फरार रहेका जम्मा अभियुक्तहरु मध्ये १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम –पूवले जनाएको छ ।

विपन्नको घरमा लगाउनुपर्ने जस्तापाता वडा सदस्यको बारीमा

रोल्पा नगरपालिका–३ का एक जना वडा सदस्यले विपन्न परिवारको घरमा लगाउने भनेर नगरपालिकाबाट लगेको जस्तापाता आफ्नो बारीमा राखेका छन् ।रोल्पा नगरपालिका ३ का वडा सदस्य अमृत थापा क्षेत्रीले स्थानीय कुमार घर्तीको खरको छाना भएको घरमा लगाउने भनेर नगरपालिकाबाट अनुदानमा वितरण भएको जस्तापाता बारीमा बेवारिसे रुपमा राखेको छिमेकीहरुले बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु