Information is intelligence
HomeSportsइब्राहिमोविचलाई कोरोना भाईरसको संक्रमण

इब्राहिमोविचलाई कोरोना भाईरसको संक्रमण

- Advertisement -spot_img

इटालियन क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविचलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

मिलानले बिहीबार ३८ वर्षीय इब्राहिमोविचलाई कोरोना भाईरसको संक्रमण भएको पुस्टि गरेका छन् ।

युरोपा लिग छनोट अन्तर्गत नर्वेको क्लब बोडोविरुद्धको खेल अघि गरिएको परिक्षणमा इब्राहिमोविचलाई संक्रमण पुस्टि भएको हो ।

तेस्रो चरणको छनोट अन्तर्गत मिलानले घरेलु मैदानमा आज राति नर्वेको क्लबसँग खेल्दैछ ।

टिमका अन्य खेलाडी र स्टाफलाई भने कोरोना नदेखिएको मिलानले जनाएको छ ।

मिलानले स्विडेनका इब्राहिमोविच घरमै सेल्फ आइसोलेसनमा रहेको समेत जनाएको छ ।एजेन्सी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु