Information is intelligence
HomeNewsउत्पादन र रोजगारी बृद्धि गर्ने उद्देश्यले सहुलियतमा ३ अर्ब ऋण लगानी गर्ने

उत्पादन र रोजगारी बृद्धि गर्ने उद्देश्यले सहुलियतमा ३ अर्ब ऋण लगानी गर्ने

- Advertisement -spot_img

बागमती प्रदेश सरकारले उत्पादन र रोजगारी बृद्धि गर्ने उद्देश्यले सहुलियतमा ३ अर्ब ऋण लगानी गर्ने भएको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कृषि, उद्योग, व्यापारसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानीलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी बनाउन कार्यविधिसमेत पारित गरेको छ ।

कार्यबिधि अनुसार स्थानीय तहले सिफारिस गरेका आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका लागि ३ अर्ब ऋण सहुलियतपूर्ण लगानी गरिने आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए ।

ऋण कृषि बिकास बैंकमार्फत लगानी गरिने र यो कार्यक्रमले प्रदेशमा उत्पादन, रोजगारी र व्यवसाय बढ्ने प्रदेश सरकारले अपेक्षा गरेको मन्त्री ढुंगेलको दाबी छ ।

लगानी पश्चात सरकारले बेरोजगार युवा जनशक्तिलाई रोजगारमा आबद्ध गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशीलतालाई प्रबद्र्धन गर्ने, उत्पादनशील कार्यक्रमको लागि लगानी प्रबद्र्धन गर्ने, कोरोना भाइरसबाट प्रभावित कृषि, पर्यटन एवम् रोजगारमुलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुनःउत्थान गरिने मन्त्री ढुंगेलले बताए ।

सहुलियतपूर्ण ब्याजदरमा ऋण लगानी कार्यक्रम कार्यान्वयनको नीतिगत विषयमा आवश्यक निर्देशनका लागी सम्बन्धित मन्त्रालयका मन्त्री संयोजक रहनेगरी निर्देशक समिति बनाइने छ । यसैगरी ऋण लगानी प्रकृया सहजीकरण तथा समन्वयका लागि सम्बन्धित मन्त्रालयका सचिव संयोजक रहनेगरी समिति बनाइएको ढंगेलले जानकारी दिए ।

प्रदेशले कृषि व्यवसायसम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण सम्बन्धि, उद्योग व्यवसाय, पर्यटन प्रबद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरण जन्य उद्योग, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास र फोहरमैला व्यवस्थापनतर्फ ऋण लगानी गर्ने भएको प्रदेश सरकारको तयारी छ ।

मन्त्रिपरिषद् बैठकले प्रहरी इकाई भवन निर्माणार्थ बजेट निकासा गर्न स्वीकृत गर्ने, प्रदेश विश्वविद्यालयको भौतिक पुर्वाधार, बिधेयक, संगठनात्मक संरचना, तथा पाठ्यक्रमको आधारभूत संरचनाका लागि सिफारिस गर्न कार्यदल गठन गरी काम कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु