Information is intelligence
HomeBrandएनआईसीका ऋणीहरुलाई कर्जाको ब्याजदर ८.९९ प्रतिशत कायम गर्ने अवसर, मात्र २३ दिन...

एनआईसीका ऋणीहरुलाई कर्जाको ब्याजदर ८.९९ प्रतिशत कायम गर्ने अवसर, मात्र २३ दिन बाँकी

- Advertisement -spot_img

काठमान्डौ | एनआईसी एसिया बैंकले साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको यही असोज मसान्तसम्मको सावाँ तथा ब्याज रकम यही मसान्तभित्र चुक्ता भुक्तान गरे कात्तिकदेखि ८.९९ प्रतिशत ब्याजदर कायम गरिने भएको छ । कात्तिक १, २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना छ ।

कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न मात्र २३ दिन बाँकी रहेको छ । कोरोनाले प्रतिकूल परिस्थितिमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने उदेस्यले बैंकले यो योजना ल्याएको बैंकले बताएको छ । बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका ग्राहकहरूले यस योजनामा सहभागी भई फाइदा उठाउन सक्नेछन् र समएमै फाईदा उठाउन पनि आग्रह गरेको छ ।

‘यस असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको हो।’ बैंकले भनेको छ ।

यस बैंकबाट कर्जा उपभोग गरेका तथा भविष्यमा यस बैंकसँग जोडिने ग्राहकहरूको सहजता तथा आवश्यकतालाई महशुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकहरूको गुनासो उचित समयमा प्रभावकारी तरिकाले समाधान तथा निराकरण गर्ने उद्धस्यले एकद्वार प्रणालीको व्यवस्था अनुरुप यस बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु