Information is intelligence
HomeAMKआजकाे मुख्य खबर | २०७७-०६-०९ | Head News | Durbar Times

आजकाे मुख्य खबर | २०७७-०६-०९ | Head News | Durbar Times

- Advertisement -spot_img

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज  २०७७-०६-०९ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • प्रविधी
  • अन्तराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

२४ घण्टामा १४९७ जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १४९७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। त्यस्तै पछिल्लाे २४ घण्टामा काेराेनाबाट १७ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

राजनीति – समसामयिक

अनुमति बिना तेजाब बिक्रि गरे एक वर्ष कैद

सरकारले तेजाब बिक्री नियमन गर्न अध्यादेशमार्फत नयाँ कानुन ल्याएको छ । मन्त्रिपरिषद्‍बाट पारित भई राष्ट्रपतिले जारी गर्न लागेको अध्यादेमा सरकारको अनुमति नलिई तेजाब वा घातक रसायन बिक्री-वितरण, आयात-निर्यात, ओसारपसार गर्न नपाइने उल्लेख छ ।त्यस्तो कार्य गरे, गराए पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना र तीन महिनादेखि एक वर्षसम्म कैद सजाय उल्लेख छ ।

जाँड रक्सीकाे विज्ञापन गरिएका हाेर्डिङ बाेर्ड हटाउँदै ललितपुर महानगर

ललितपुर महानगरपालिकाले जाँड रक्सीको विज्ञापन गरिएका होर्डिङ बोर्ड हटाउन थालेको छ । शुक्रबारदेखि अभियान नै चलाएर होर्डिङ बोर्ड हटाउन थालेको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

‘गल्ती बोलें, क्षमा चाहन्छु’ : हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी

चीनले नेपाली भू–भाग अतिक्रमण गरेको भनी ‘विवादास्पद अभिव्यक्ति’ दिएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले ‘गल्ती बोलें, क्षमा चाहन्छु’ भन्दै गृह मन्त्रालयलाई स्पष्टीकरण दिएका छन् । गृहले बुधबार हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनले स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको स्पष्टीकरणमा उल्लेख गरेका छन् ।

लोक सेवाले परीक्षा सुचारु गर्ने, अधिकृतको परीक्षा कात्तिक १८ देखि

कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार परीक्षा सुचारु हुन लागेको हो ।

मन्त्रिपरिषद्ले अनुमति दिएपछि आयोगले शुक्रबार शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

प्रविधी

मोबाइल एप्समा आधारित टेलिभिजन प्रशारण बन्द गराउन माग

ओटीटी तथा मोबाइल एप्समा आधारित टेलिभिजन प्रशारण बन्द गराउन नेपाल केबल टेलिभिजन महासंघले माग गरेको छ ।

केवल टेलिभिजन व्यवसायीहरुले क्लिन फिड लागू हुनुअगाडि सरकारले केही सुविधा दिनुपर्ने, ओटीटी र मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण सेवा प्रदायकलाई बन्द गराउनुपर्ने माग गरेका हुन् । ओटीटी र मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण लाइसेन्स बिना नै सञ्चालन भईरहेको भन्दै त्यसलाई बन्द गराउनुपर्ने माग केबल व्यवसायीहरुले गरेका हुन् ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

अन्तराष्ट्रिय

अक्टुबरदेखि विदेशीलाई आगमन खुल्ला गर्दै जापान

जापानले अक्टुबर महिनादेखि सबै देशबाट जान चाहनेलाई जापान प्रवेशमा खुल्ला गर्ने भएको छ।

जापान प्रवेशमा खुला गरिनेहरुमा विद्यार्थीलाई पनि समेटिने तर तत्काल पर्यटकलाई भने खुल्ला नगरिने जापानका नवनिर्वाचित प्रधानमन्त्री योशिहिदे सुगाले घोषणा गरेका छन्।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

दक्षिणका अधिकारीको हत्यामा उत्तर कोरियाली नेता किमले माफी मागे
उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाली अधिकारी मारिएको घटनामा माफी मागेका छन् । घटनालाई नेता किमले अनपेक्षित र अपमानजनक घटना भन्दै शुक्रबार माफी मागेका हुन् । गत मंगलबार दक्षिण कोरियाली अधिकारीलाई उत्तरका प्रहरीले गोली हानी हत्या गरेको भन्दै दक्षिणबाट विरोध भएको थियो । दक्षिणले भने उत्तरका सुरक्षाकर्मीले आगो लगाइ हत्या गरेको आरोप लगाएको थियो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

खेलकुद

आईपीएलमा आज चेन्‍नईसँग खेल्दै दिल्ली, के पर्लान त सन्दीप ?

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत आज (शुक्रबार) दिल्ली क्यापिटल्सले आफ्नो दोस्रो खेलमा चेन्‍नई सुपर किंग्ससंग भिड्दै छ। पहिलो खेलमा किंग्स इलेभेन पन्जाबविरुद्ध सुपर ओभरमा जित निकालेको दिल्लीले प्रतियोगिताको दोस्रो खेल्न लागेको हो ।दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु