Information is intelligence
HomeUncategorizedगाँजरका फाइदा के के हुन् त ?

गाँजरका फाइदा के के हुन् त ?

- Advertisement -spot_img

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाँजर। गाँजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

गाँजरको जुस पनि बनाउन सकिन्छ। गाँजरको हलुवा पनि लोकप्रिय परिकार हो।

हामीले गाँजर त खाइरहेकै हुन्छौं तर यसको फाइदाका बारेमा त्यति जानकारी नहुन सक्छ।

यस्ता छन् गाँजरका फाइदा

– गाँजरमा पाइने भिटामिन ए आँखाको स्वास्थ्यका लागि फाइदाजनक छ
– रोग प्रतिरोधी क्षमता बढाउँछ

– ब्लड सर्कुलेसन नियमित गर्न मद्दत पुग्छ, मुटुको रोग लाग्ने खतरा कम गर्छ

– गाँजरको जुसले शरीरमा भरपूर उर्जा दिन्छ

– छालाको सुन्दरताका लागि गाँजरको जुस सेवन लाभदायी हुन्छ

– गाँजरको जुसको नियमित सेवनले क्यान्सरको जोखिम कम गर्छ

– गर्भावस्थामा गाँजरको जुस सेवनले शरीरमा फोलेटको आवश्यकता पूर्ति हुन्छ

– गाँजरमा पाइने फाइबरले पाचन क्रियामा सहयोग पुग्छ

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु