Information is intelligence
Home7D7Pकर्णाली प्रदेश विशेष खबर २०७७-०६-०९ (७ दिन ७ प्रदेश) | शुक्रबार

कर्णाली प्रदेश विशेष खबर २०७७-०६-०९ (७ दिन ७ प्रदेश) | शुक्रबार

- Advertisement -spot_img

सत्य र निष्पक्ष खबरकाे स्तरीय प्रशारण दरबार टाइम्स सात दिन सात प्रदेश अन्तर्गत आज शुक्रबार कर्णाली प्रदेशकाे विगत एक हप्तामा भएका खबरहरूमध्ये विशेष खबरलाई प्रस्तुत गरेका छाैँ ।

प्रदेशसभा सदस्यले सेवा सुविधा फिर्ता गरे
कर्णाली प्रदेशसभा सदस्य एवम नेपाल कम्युनिस्ट पार्टीका नेता यामलाल कंडेलले प्रदेश सरकारले उपलब्ध गराएको सेवा सुविधा फिर्ता गरेका छन् । नेता कंडेलले भाद्र ३० गते प्रदेशसभा सचिवालयलाई एक पत्र लेख्दै प्रदेश सरकारको निर्णय अनुसार पाएको सेवा सुविधा फिर्ता गदै प्रदेशसभा सदस्यको हैसियतमा पाउने सुविधा लिने बताएका छन्।

मुख्यमन्त्री रोजगार कार्यक्रममा सरकारी कर्मचारीलाई सुचिकृत
अति गरिव परिवारका सदस्यलाई न्यूनतम रोजगारी दिने उद्देश्यले सुरु गरिएको मुख्यमन्त्री रोजगार कार्यक्रममा सरकारी कर्मचारीलाई सुचिकृत गरेको पाइएको छ। कालिकोटको शान्नीत्रिवेणी गाउँपालिका–३ मा अघिल्लो आर्थिक वर्ष सञ्चालित मुख्यमन्त्री रोजगार कार्यक्रमको अति गरिवको सूचिमा ११ जना शिक्षक र अन्य सरकारी कर्मचारी छन्।

वडाध्यक्ष विष्णुप्रसाद देवकोटाले आफ्नै घरका पाँच जना सदस्यसहित ११ जना सरकारी कर्मचारीको नाम अति गरिवको सूचिमा राखेर मुख्यमन्त्री रोजगार कार्यक्रमको रकम भुक्तानीका लागि गाउँपालिकामा सिफारिस गरेका छन्।

एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सम्पन्न
२६ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद द्धारा आयोति उक्त सम्मेलनले २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्र समेत जारी गरेको छ ।तीन दिनसम्म सञ्चालित सम्मेलनमा नेपालको स्वास्थ्य अस्था माथी व्यापक छलफल गरिएको सम्मेलनमा सहभागी नेपालका प्रतिनिधी डा. नवराज केसीले जानकारी दिए ।

दुईहप्तादेखि खलंगा अध्यारो
जुम्ला सदरमुकाम खलंगा विगत दुई सातादेखि पूर्ण लोडसेडिङमा छ । भारतिय ठेकेदारले पावर हाउसमा जडान गरेको मेसिन वारेन्टी समयवधि नसकिदै पटक पटक बिग्रीएपछि विगत दुईहप्तादेखि खलंगा अध्यारो भएको हो ।

कार्यालयलाई नै जुवाघर
कार्यालय अवधिमै डोल्पाका सरकारी कर्मचारीले जुवा खेल्ने गरेकाे पाइएकाे छ । उनीहरुले कार्यालयलाई नै जुवाघर बनाइरहेकाछन्। जिल्ला सदरमुकाममा रहेका धेरै जसो कार्यालयमा कर्मचारीहरु कार्यकक्षमा नबसी कुनै एक फाँटमा जुवा अड्डा बनाउने गरेको भेटिएको हाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु