Information is intelligence
HomeEducationलोक सेवाले स्थगित भएका परीक्षा कात्तिकदेखि सुचारु गर्ने

लोक सेवाले स्थगित भएका परीक्षा कात्तिकदेखि सुचारु गर्ने

- Advertisement -spot_img

कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार परीक्षा सुचारु हुन लागेको हो ।

मन्त्रिपरिषद्ले अनुमति दिएपछि आयोगले शुक्रबार शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

अधिकृतको १८ कात्तिकदेखि तथा नासुको ७ मंसिरदेखि लिखित परीक्षा सुचारु गर्न लागिएको छ । परीक्षाका लागि आयोगले विशेष मापदण्ड बनाएर लागू गर्ने भएको छ ।

कोरोनाका कारण करिब १३ हजार पदको भर्ना प्रक्रिया स्थगित भएको थियो । यो वर्षको पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु