Information is intelligence
Home7D7Pसुदूरपश्चिम प्रदेश विशेष खबर २०७७-०६-१० (७ दिन ७ प्रदेश) | शनिबार

सुदूरपश्चिम प्रदेश विशेष खबर २०७७-०६-१० (७ दिन ७ प्रदेश) | शनिबार

- Advertisement -spot_img

सत्य र निष्पक्ष खबरकाे स्तरीय प्रशारण दरबार टाइम्स सात दिन सात प्रदेश अन्तर्गत आज शनिबार सुदूरपश्चिम प्रदेशकाे विगत एक हप्तामा भएका खबरहरूमध्ये विशेष खबरलाई प्रस्तुत गरेका छाैँ ।

गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

दार्चुलाकाे ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको शिलान्यास गरेका हुन् । पश्चिम नेपालको त्रिदेशीय सीमा क्षेत्रमा पछिल्लो समय नेपालले आफ्नो सुरक्षा उपस्थिति देखाउन थालेकोले सशस्त्र प्रहरीको गुल्म स्थापना गरिएको हो ।

दार्चुलामा जताजता सशस्त्र प्रहरी, उतैउतै भारतीय एसएसबी

नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ। पछिल्लो समय नेपालले सीमा क्षेत्रमा आफ्नो सुरक्षा उपस्थिति बढाएको छ। जिल्ला सदरमुकाममा सशस्त्र प्रहरीको गण राखेर लाली, जौलजिबी र दुम्लिङमा बिओपी स्थापना गरेको छ भने र छाङरुमा गुल्म स्थापना गरेर सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको छ।नेपालतिर सशस्त्र प्रहरीको उपस्थिति हुन थालेपछि भारतले आफ्नो सुरक्षा फौज  एसएसबीलाई नियमित रूप नेपाली सुरक्षाकर्मीको निगरानी  गर्न पठाउने गरेको पाएएकाे छ ।

डडेल्धुराको परशुराममा अवैध काठसहित दुईजना समातिए

डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका-३ शीर्षबाट अवैध काठसहित दुईजना पक्राउ परेका छन्। उनीहरूलाई सव डिभिजन वन कार्यालय परशुराम र प्रहरीको टोलीले शुक्रबार राति पक्राउ गरेको हो। राति अवैध काठ ओसारी रहेको ट्याक्टर र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको वन कार्यालय परशुराम जोगबुडाका सहायक वन अधिकृत दीपेन्द्र केसीले जानकारी दिए।

पाटन नगरपालिकामा कोरोना नियन्त्रणको नाममा ५३ लाख भ्रष्टाचार

कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ। नगरपालिकाको छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो रकम असुल उपर गर्नुपर्ने देखिएको हो।  पाटन नगरपालिकामा कोरोना नियन्त्रण र अन्य शीर्षकमा अनियमित खर्च भएको भन्दै नगरसभा सदस्य भीमदत्त भट्टको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो। छानबिन समितिले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै ५३ लाख बढी रकमको कुनै पनि बिल भर्पाइ फेला नपरेकाले असुल उपर गर्नुपर्ने औंल्याएको छ।

बालिका बलात्कार पछि हत्याकाे आराेपमा एकजना पक्राउ

बझाङको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ बर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरेको आशंकामा एक जना पक्रउा परेका छन ।बुधबार साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी बालिका गाउँकै शिव मन्दिरमा मृत फेला परेकी थिइन् । बालिका शरीरको तल्लो भागमा लुगा नभएको र यौनांगमा रगत बगेको अवस्थामा भेटिएकी थिइन् । पक्राउ पर्नेमा सोही ठाउका १८ वर्षीय राजेन्द्र बोहरा रहेको बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु