Information is intelligence
HomeAMKआजकाे मुख्य खबर | २०७७-०६-१० | Head News | Durbar Times

आजकाे मुख्य खबर | २०७७-०६-१० | Head News | Durbar Times

- Advertisement -spot_img

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज  २०७७-०६-१० गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • अन्तराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

२४ घण्टामा १२०७ जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १२०७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

राजनीति – समसामयिक

चीनले भूमि नमिचेकाे गृहमन्त्रीकाे दाबी

चीनले नेपाली भूमि नमिचेकाे गृहमन्त्री रामबहादुर थापा बादलले दाबी गरेका छन् । दार्चुलामा निर्माण गरिएको सशस्त्र प्रहरीको गण उद्घाटन गरेर शनिबार सुर्खेत आइपुगेका गृहमन्त्री थापाले चीनले हुम्लाको नम्खा गाउँपालिकाको लिमीमा नेपाली भूमि नमिचेको बताएका हुन् ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

जोखिम कायम छ, विद्यालय नखोल्नुहोस्ः शिक्षामन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरेका हुन् ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

कक्षा ११ र १२ को पाठ्यक्रम गणित, विज्ञान तथा प्रविधि विरोधी रहेको भन्दै माइतीघरमा प्रदर्शन

शिक्षा मन्त्रालयले चालू शैक्षिक सत्रदेखि लागू गर्न खोजेको कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप गणित एवं विज्ञान तथा प्रविधि विरोधी रहेको आरोप लगाउँदै शिक्षकहरु माइतिघरमा प्रदर्शनमा उत्रिएका छन् । नेपाल गणित समाजले आयोजना गरेको प्रदर्शनमा उनीहरुले विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न सरकारलाई चेतावनीसमेत दिए।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

रुपन्देहीमा बाढीको वितण्डा : ५० बढी घर डुबानमा, ६ जना घाइते

अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न स्थानहरु डुबानमा परेका छन्। रोहिणी, तिनाउ, दानव नदी बस्तीमा पस्दा ५० बढी घरहरु डुबानमा परेको र ठूलो मात्रामा क्षति भएको छ।अन्नपात, लत्ताकपडा, पशुपन्छी बगेका छन्। नदी किनारका घरहरु बगेका छन् भने अन्य स्थानमा डुबानमा परेका घरहरु पनि भत्किएका छन्। डुबानका कारण केही स्थानीय घाइतेसमेत भएका छन्।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

अन्तराष्ट्रिय

युक्रेन सैनिक विमान दुर्घटनामा २५ जनाको मृत्यु

युक्रेनमा भएको सैनिक विमान दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको बताइएको छ । युक्रेनका सैनिक अधिकारीहरुले सो उक्त विमान दुर्घटनामा परी ज्यान जानेको संख्या २५ पुगेको समाचारमा जनाएका छन् ।

भ्याक्सिन प्रयोग हुँदासम्म ‘२० लाख मानिसको कोरोना भाइरसबाट मृत्यु भइसक्ने’

कोरोना भाइरसविरुद्धको प्रभावकारी भ्याक्सिन प्रयोग हुँदासम्म सँसाभर २० लाख मानिसहरुको संक्रमाबाट मृत्यु भइसक्ने प्रक्षेपण गरिएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले यस्तो खतरा औल्याएको छ ।डब्लुएचओका आकस्मिक निकाय हेर्ने डा. माइक रेनले मृत्युको संख्या २० लाखभन्दा बढी पुगिसक्ने बताएका हुन् । सँसारभर कोरोना संक्रमणबाट झण्डै दश लाख मानिसको मृत्यु भइसक्दा डब्लुएचओले यस्तो खतरा औल्याएको हो ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

खेलकुद

आईपीएलमा कोलकत्ता नाइट राइडर्स र सनराईजर्स हैदराबादबीच प्रतिस्पर्धा

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) कोलकत्ता नाइट राइडर्स र सनराईजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।कोलकत्ता र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु