Information is intelligence
HomeNewsभौतिक दूरी कायम गरेर राजधानीमा सफाइसँगै गुर्जो रोपण अभियान

भौतिक दूरी कायम गरेर राजधानीमा सफाइसँगै गुर्जो रोपण अभियान

- Advertisement -spot_img

काठमान्डौ | वाग्मती सफाइ महाअभियानले ३८५ हप्ता पार गरेको छ । विसं २०७० जेठ ५ गते शुरु भएको सफाइ महाअभियान कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच भौतिक दूरी कायम गरेर जारी राखिएको हो ।

नदी किनारको नजिकै निवास भएका सफाइ अभियानकर्मीले काठमाडौँ उपत्यकामा कोरोना बढ्दै गएको अवस्थामा पनि महाअभियानलाई जारी राखेका छन् । वाग्मतीको आजको सफाइ पशुपति र शङ्खमूल क्षेत्रमा गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सम्पन्न भयो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं। ११ का अध्यक्ष हीरालाल तण्डुकार, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ लगायत अभियानकर्मीको सक्रियता थियो ।

यसैगरी शङ्खमूल क्षेत्रमा डा लक्ष्मी पौडेलको नेतृत्वमा भौतिक दूरी कायम गरेर सफाइ गरिएको छ । सफाइमा जम्मा भएको कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको जनाइएको छ ।

रुद्रमती सफाइ अभियानको ३४०औँ हप्तामा रातोपुलबाट कालोपुलसम्मको नदी किनारका दायाँबायाँ २२५ वटा गुर्जोका विरुवा रोपिएको छ । गुर्जो वितरण अभियानकर्मी एवं आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कमलबहादुर राजलवटले अभियानलाई गुर्जोका विरुवा हस्तान्तरण गरेका हुन् । गुर्जोका विरुवा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा र रुद्रमती सफाइ अभियानकर्मी रोहित गिरीले ती विरुवा रोप्नका लागि बाँडेका थिए ।

सो अवसरमा पूर्वमन्त्री थापाले यस्तो अभियानमा सबै सामाजिक संस्था सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । गुर्जो वितरण अभियानकर्मी राजलवटले यस क्षेत्रका एक घरलाई एक गुर्जोको बिरुवा निःशुल्क वितरण गर्ने प्रतिबद्धता जनाए ।

विष्णुमती सफाइ अभियानको ३१४औँ हप्तामा तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकमा त्यस वरपरका पाँच टोलका मानिसलाई ५०० वटा गुर्जोको बिरुवा घर घरमा रोप्न हस्तान्तरण गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिइन् । विष्णुमती किनारका बस्तीमा रोप्न पनि गुर्जो वितरण अभियानकर्मी राजलवटले नै बिरुवा हस्तान्तरण गरेक हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु