Information is intelligence
HomeSportsरियल मड्रिडको कठीन जित, आज राति बार्सिलोना र भिल्ला रियल भिड्दै

रियल मड्रिडको कठीन जित, आज राति बार्सिलोना र भिल्ला रियल भिड्दै

- Advertisement -spot_img

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रोमाञ्चक जित निकालेको छ । शनिबार राति रियल मड्रिडले रियल बेटिसबिरुद्ध ३–२ को जित दर्ता गरेको हो ।

स्पेनिस लिगको नयाँ सिजनमा रियल मड्रिडले पहिलो जित निकालेको हो । रियल वेटिसको घरेलु मैदानमा भाल्भर्डेको गोलमा रियलले खेलमा अग्रता बनाएको थियो । मान्डेले ३५ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए ।

त्यसको दुई मिनेटपछि विलियम कार्भाल्होले बेटिस क्लबलाई खेलमा अग्रता दिलाएका थिए । लिटी डी सुजा जुनियरको आत्मघाति गोलसंगै मड्रिड क्लब पुन खेलमा फर्किएको थियो ।

खेल सकिन ८ मिनेट अघि सर्जियो रामोसको पेनाल्टी गोलमा रियलले जित दर्ता गरेको हो ।  रियलले रियल भालाडोलिडसंग सिजनको खेलमा गोल रहित बराबरी खेलेको थियो ।रियल मड्रिडले २ खेलबाट तालिकामा ३ अंक जोडेको छ ।

बार्सिलोनाले आईतबार राति भिल्ला रियलसंग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ ।गए रातिनै भएका अन्य खेलमा रियल सोसिडाडले इल्चेमाथि ३–० को जित दर्ता गर्यो । गेटाफेले आल्भेससंग र भ्यालेन्सियाले ह्युस्कासंग बराबरी खेल्दै अंक बाँडे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु