Information is intelligence
HomeSportsएभर्टन र युनाइटेडले जित निकाल्दा चेल्सी बराबरीमा रोकियो

एभर्टन र युनाइटेडले जित निकाल्दा चेल्सी बराबरीमा रोकियो

- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार युनाइटेडले पहिलो जित निकालेको  छ । ब्राइटनलाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले पहिलो जित निकालेको छ  ।

ब्राइटनको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर युनाइटेडले जित निकालेको हो । युनाइटेड तालिकाको १३ औं स्थानमा रहेको छ ।

युनाइटेडका लागि ब्रुनो फर्नान्डेस,राष्फोर्डले गोल गरे भने १ गोल आत्मघाती भएको हो ।

शनिबार राति नै भएको अर्को खेलमा क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार तेस्रो जित निकालेको छ  ।

एभर्टनका डोमिनिक लेविन र रिचार्लीसनले एक एक गोल गरे । क्रिस्टलका चिखोउ कोउयाटेले एक गोल फर्काए ।

त्यस्तै शनिबार राति भएको खेलमा चेल्सी वेस्ट ब्रुमसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

वेस्ट ब्रुमको मैदानमा ३ गोलले पछि परेको स्थिति उल्टाएर चेल्सीले बराबरी खेलेको हो ।

चेल्सीका लागि मासन माउन्ट, कलुम हुडसन र टामी अब्राहमले एक एक गोल गरे । वेस्ट ब्रुमका कलुम रोबिनसनले दुई गोल गर्दा केली बार्टलीले एक गोल गरे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु