Information is intelligence
HomeNewsट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु

ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु

- Advertisement -spot_img

ताप्लेजुङ | गुडिरहेको ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा  सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आज मृत्यु भएको हो ।

डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना ६ त ३००० नम्बरको ट्र्याक्टरबाट खसेका ओख्राबुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकामतर्फ आइरहेको थियो । चालक फरार छन् भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु