Information is intelligence
HomeEconomyमेराे शेयरमा बारम्बार समस्या , किन हुन्छ यस्ताे ?

मेराे शेयरमा बारम्बार समस्या , किन हुन्छ यस्ताे ?

- Advertisement -spot_img

केही समयदेखि समस्या खेपिरहेकाे मेराेशेयरमा आजपनि समस्या देखिएकाे छ। एकैचाेटी धेरै युजरहरू सक्रिय हुँदा वेवसाइटमा समस्या देखिएकाे सिडिएससिले जनाएकाे छ। केही समयअघि पनि ५० हजार जनाले  एकैचाेटी प्रयाेग गर्दा सर्भर डाउन भएकाे थियाे ।

आजदेखि खुलेकाे जनरल इन्सुरेन्स कम्पनिकाे शेयर आवेदन दिने सर्वसाधारणकाे चाप अत्यधिक रहेकाे छ । त्यसैकाे कारणले पनि सर्भरमा समस्या आएकाे हुनसक्ने सिडिएससिले जनाएकाे हाे ।

मेराे शेयरले हालैमात्र एप्लिकेशन सार्वजनिक गरेपनि एप्लिकेशनमार्फत शेयर आवेदन दिन नपाउँदा सर्वसाधारण जनताहरू वेवसाइटमा निर्भर हुनुपरेकाे छ । तर बारम्बार सर्भरमा समस्या आउन थालेपछि सर्वसाधारण दिक्दार भएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु