Information is intelligence
HomeSportsप्रिमियर लिगमा आज ३ रोमान्चक खेल

प्रिमियर लिगमा आज ३ रोमान्चक खेल

- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार क्लब म्यानचेस्टर सिटीले आज (आइतबार) लेष्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।

सिटीले सिजनको दोस्रो खेलमा घरेलु मैदानमा बलियो प्रतिद्वन्दी लेष्टरसँग खेल्नेछ । सिटी र लेष्टरबीचको खेल नेपाली समय अनुसार ९:१५ बजे सुरु हुनेछ ।

इतिहाद स्टेडियममा मैदान उत्रदा सिटी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

तर, बलियो लेष्टरविरुद्ध सिटीलाई जित निकाल्न सहज भने हुने छैन। किनकि अघिल्ला दुई खेलमा अपराजित लेष्टर पनि लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

यस्तै सिटीलाई खेलाडीको चोटले सताउनेछ । लेष्टरविरुद्ध सिटीसँग फस्ट टिमका १३ खेलाडी मात्र उपलब्ध हुनेछन्।

लेष्टर ६ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । घरेलु टोलीलाई हराएर लेष्टर शीर्ष स्थानमा उक्लन चाहन्छ ।

प्रिमियर लिग अन्तर्गत नै टोटेनहमले घरेलु मैदानमा न्युकासलसँग खेल्नेछ ।

यस्तै वेस्ट ह्यामले उल्भ्ससँग खेल्दा लिड्सले सेफिल्डसँग खेल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु