Information is intelligence
HomeNews२४ घण्टामा १५ सय ७३ जनामा संक्रमण, उपत्यकामा ८०९

२४ घण्टामा १५ सय ७३ जनामा संक्रमण, उपत्यकामा ८०९

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ कोरोना संक्रमित थपिएका छन् ।

१९ हजार १९ कोरोनाका सक्रिय संक्रमित छन्।पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५३ हजार ८२८ पुगेको छ।

नेपालमा कोरोनाबाट हालसम्म ४७७ जनाको मृत्यु भएको छ। आइतबार मात्रै  १० जनाको मृत्यु भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु