Information is intelligence
HomeSportsयुभेन्ट्सले आज रोमासँग प्रतिस्पर्धा गर्दै

युभेन्ट्सले आज रोमासँग प्रतिस्पर्धा गर्दै

- Advertisement -spot_img

इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले आज (आइतबार) रोमासँग प्रतिस्पर्धा गर्दैछ ।

युभेन्ट्सले सिजनको दोस्रो खेलको रुपमा रोमासँग खेल्ने लागेको हो । रोमाको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:३० बजे सुरु हुनेछ ।

रोमाविरुद्ध मैदान उत्रदा युभेन्ट्स लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा युभेन्ट्सले साम्पडोरियालाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

तर, बलियो टिम रोमाविरुद्ध जित निकाल्न युभेन्ट्सलाई सहज भने छैन ।

रोमा भने घरेलु मैदानमा पहिलो जितको खोजीमा हुनेछ । सिजनको पहिलो खेलमा रोमा हेलास भेरोनासँग ३-० ले पराजित भएको थियो ।

सिरी ए अन्तर्गत नै अर्को खेलमा एसी मिलानले क्रोटोनसँग खेल्नेछ ।

यस्तै नापोलीले जिओना र हेलास भेरोनाले उडिनेसेसँग खेल्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु