Information is intelligence
Home7D7Pप्रदेश १ विशेष खबर २०७७-०६-०४ (७ दिन ७ प्रदेश) | आइतबार

प्रदेश १ विशेष खबर २०७७-०६-०४ (७ दिन ७ प्रदेश) | आइतबार

- Advertisement -spot_img

सत्य र निष्पक्ष खबरकाे स्तरीय प्रशारण दरबार टाइम्स सात दिन सात प्रदेश अन्तर्गत आज आइतबार प्रदेश नम्बर एककाे विगत एक हप्तामा भएका खबरहरूमध्ये विशेष खबरहरूलाई  प्रस्तुत गरेका छाैँ ।

भारतीय बाँधका कारण मोरङमा नेपाली भूमि डुब्यो

एकीकृत भन्सार जाँच चौकी र रेल्वे लिक निर्माण गर्दा भारतले अघोषित रूपमा बाँध बनाएपछि मोरङको विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्र डुबानमा परेको छ।डुबानका कारण खेतीयोग्य जमिन जलमग्न भएको छ। रोपेको धान पनि नष्ट हुने अवस्थामा पुगेको स्थानीयले बताए।

एकै परिवारका तीनजनामाथि बाम्फोक प्रहार गर्ने पक्राउ

आफ्नै ठूलो बुवाको तीनजना परिवारमाथि बाम्फोक प्रहार गर्ने ताप्लेजुङका २२ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका छन्।  बुधबार राति सुतिरहेको अवस्थामा तीनजनालाई बाम्फोक प्रहार गरी फरार रहेका सिरिजंघा गाउँपालिका–८ याम्फुदिनका लाक्पालाई बिहीबार याम्फुदिनबाटै पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसी महेन्द्र श्रेष्ठले जानकारी दिए

पहिरोको कारण वस्ती जोखिममा, ग्रामिण सडक अवरुद्द

पहिरोका कारण खोटाङस्थित ऐसेलुखर्क गाउँपालिकाका–४ जलेश्वरीका ११ घर परिवार जोखिममा परेका छन् । गत हप्ताका भएकाे भारी वर्षाका कारण जलेश्वरीस्थित मावाका बस्तीभन्दा तलबाट शुरु भएको पहिरोले स्थानीय बासिन्दाको घर जोखिममा परेका हुन् ।

झापाका ४ प्रहरी निलम्बनमा

मल व्यवसायीसँग पैसाको लेनदेनका कारण ४ जना प्रहरी निलम्बनमा परेका छन् ।झापाको दमकबाट ४ जना प्रहरीहरु एक जना असइ, हवल्दार जवान र एक जना ट्राफिक प्रहरी निलम्बनमा परेका हुन् । इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पण्डितका अनुसार बिल बिना युरिया मल ल्याउदै गरेको ट्याक्टर ताराबारी ढाटमा बसेका प्रहरीले समातेका थिए । तर माथिल्लो तहमा खबरै नगरि भोलीपल्टै छाडेका थिए । पण्डितले भने, प्रहरीको चेन अफ कमाण्ड उल्लघंन गरेको भनेर निलम्बनमा राखिएको छ,।

सोलुखुम्बु : सुरुङ मार्गमा ढुंगाले लागेर दुधकोशी हाइड्रो पावरमा कार्यरत मजदुर गम्भिर घाइते

सोलुखुम्बुमा निर्माणाधिन दुधकोशी हाइड्रो पावरमा कार्यरत एक मजदुर गम्भिर घाइते भएकाछन् । शुक्रबार सुरुङ मार्गमा काम गर्ने क्रममा ढुंगाले लागेर दुधकोशी हाइड्रो पावरमा कार्यरत मजदुर रबी थामी गम्भिर घाइते भएका हुन् ।माथिबाट खसेको ढुङ्गा टाउकोमा लाग्दा ३६ वर्षिया थामी गम्भीर घाइते भई उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाण्डौ लगिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।घाईतेको अवस्था गम्भिर रहेको बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु