Information is intelligence
HomeInternationalयूराेपमा ठूला टीमहरू पराजित हुँदा बार्सिलाेना र पिएसजीकाे शानदार जित

यूराेपमा ठूला टीमहरू पराजित हुँदा बार्सिलाेना र पिएसजीकाे शानदार जित

- Advertisement -spot_img

याे साता यूराेपका ठूला लिगहरूमा बलिया मानिएका टीमहरूकाे लज्जास्पद पराजयकाे नतिजा आउँदा क्याटलन क्लब बार्सिलाेना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनले भने सुखद नतिजा हात पारेका छन् ।

ठूला मानिएका च्याम्पिन्स लिग बिजेता वायर्न म्युनिख,इङ्ग्लिस क्लब म्यान्चेस्टर सिटी तथा जर्मन क्लब बाेरूसिया डर्टमुण्डले लज्जास्पद पराजय बेहाेरेका हुन्। यूराेप च्याम्पियन वायर्न म्युनिखले हाेफेनह्यामसँग ४-१ काे पराजय बेहाेर्दा इङ्ग्लिस क्लब म्यान्चेस्टर सिटीले लेस्टर सिटीसँग ५-२ काे लज्जास्पद हार बेहाेर्याे । त्यस्तै जर्मन क्लब बाेरूसिया डर्टमुण्ले आउग्सबर्गसँग २-० पराजय बेहाेर्याे ।  

यता स्पेनिस क्लब बार्सिलाेनाले भिल्लारियललाई ४-० गाेल अन्तरले पराजित गर्दै सिजनकाे सुखद सुरूवात गरेकाे छ भने फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनले रिग्स क्लबलाई २-० गाेल अन्तरले पराजित गर्दै सिजनकाे तेश्राे जित हात पारेकाे छ।

त्यस्तै बार्सिलाेनाबाट एथलेटिकाे म्याड्रिड गएका फरवार्ड लुइस सुआरेज चम्किँदा एथलेटिकाे म्याड्रिडले पनि फराकिलाे जित हात पार्न सफल भएकाे छ । यसै साता बार्सिलाेनाबाट आएका सुआरेजले २० मिनेटमा २ गाेल गर्नुका साथै एक गाेलका लागि पास मिलाएका थिए ।

सुआरेजले याे सिजन फरक क्लबबाट खेल्देै बार्सिलाेनाका लियाेनल मेस्सीलाई दबाब सिर्जना गर्नसक्ने देखिएकाे छ ।

उता इटालियन क्लब जुभेन्टस भने राेमासँग २-२ गाेलकाे बराबरी खेलेकाे छ । क्रिस्टियानाे राेनाल्डाेले २ गाेल गर्दै युभेन्टसलाई हारबाट जाेगाए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु