Information is intelligence
HomePoliticsबलात्कारीलाई मृत्युदण्डमाग गर्दै ७ महिला सांसदको समिति गठन

बलात्कारीलाई मृत्युदण्डमाग गर्दै ७ महिला सांसदको समिति गठन

- Advertisement -spot_img

काठमाडौं- बलात्कारका घटना रोक्न कडा कानुन जरुरी भएको निष्कर्ष संघीय संसदका महिला सांसदहरूले निकालेका छन्। विद्यमान कानुन कार्यान्वयनका साथै थप कानून व्यवस्थाका लागि महिला सांसदहरुको भेलाले ७ सदस्यीय समन्वय समति गठन गरेको छ।

समितिमा सांसदहरु पुष्पा भुसाल, शान्ता चौधरी, प्रमिला यादव, अमृता थापा, निरु पाल, बिन्दा पाण्डे र पार्वती रावल रहेका छन्। भेलामा उपस्थित सांसदहरुले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डसम्मको सजाय हुने कानुनको माग गरेपछि त्यसबारे अध्ययन गर्ने निर्णय गरिएको हो।

बलात्कार जस्तो जघन्य अपराध मिलापत्र गराउनमा संलग्न परिवार र स्थानीय जनप्रतिनिधिलाई कडा सजाय दिने व्यवस्था गर्नसमेत पहल गर्ने भेलाको निर्णय छ। बलात्कारमा मिलापत्र गराउने काममा जनप्रतिनिधि संलग्न भएमा पदबाट हटाउनुपर्ने कानुनी व्यवस्थाको माग गरिने बताइएको छ।

मृत्युदण्डका सम्बन्धमा अन्तर्राष्ट्रिय प्रतिबद्धता अध्ययन गरेर त्यो अनुसार निष्कर्षमा पुग्ने भेलाले निर्णय गरेको छ। तर, १८ वर्षभन्दा कम र ७० वर्षभन्दा माथिका महिलालाई बलात्कार गर्नेलाई श्रम शिविरमा राखेर जन्मकैदको कानुन निर्माणका लागि पहल गरिने निर्णय गरिएको छ।

पीडितलाई संविधानको धारा ३८ अनुसारको राहतको व्यवस्था गर्ने प्रावधान कानुनमा राख्न पहल गर्ने, अहिले प्रदेश र पछि पालिका तहमा सेल्टर हाउन निर्माण गर्न पहल गर्ने निर्णयसमेत भेलाले गरेको छ

सिंहदरबारमा भएको भेलामा सबै पार्टीका ३० भन्दा बढी महिला सांसदहरुको उपस्थिति थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु