Information is intelligence
HomeAMKआजकाे मुख्य खबर | २०७७-०६-१२ | Head News | Durbar Times

आजकाे मुख्य खबर | २०७७-०६-१२ | Head News | Durbar Times

- Advertisement -spot_img

“दरबार टाईम्स – आजको मुख्य खबर” श्रृंखलामा आज  २०७७-०६-१२ गतेको मुख्य खबरहरु यस प्रकारका छन्। यहाँ तपाईंले आज दिन भरीको मुख्य खबरहरु संक्षिप्तमा पढ्न सक्नुहुन्छ ।

आजका मुख्य विषयवस्तुहरु :

  • कोरोना सम्बन्धी
  • राजनीति – समसामयिक
  • अन्तराष्ट्रिय
  • खेलकुद

कोरोना सम्बन्धी

२४ घण्टामा  जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १३५१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ४ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ ।

थप समाचारका लागि यहाँ क्लिक गर्नुहाेस्।

राजनीति – समसामयिक

तेजाबलगायत तीन अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा तीन अध्यादेश आज जारी गरेकी छन।ती अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन), फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने र  नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय(पहिलो संशोधन) रहेको छ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

सरकारलाई यातायात व्यवसायीको पत्र-आधा सिटमा मात्रै यात्रु बोक्ने निर्णय सच्याइयोस्

यातायात व्यवसायीहरुले सार्वजनिक सवारीका सिटभरि यात्रु राखेर चलाउन दिन लिखित माग पेस गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आधा सिटमा मात्रै यात्रु राख्न पाउने व्यवस्था हटाउन माग गरेको हो ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

नौ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ ।विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

अन्तराष्ट्रिय

अर्मेनिया र अजरबैजानद्वारा विवादास्पद क्षेत्रमा गोलाबारी, कैयौँको मृत्यु

विश्वकै पुरानोमध्येको एक अर्मेनिया र अजरबैजानबीचको भौगलिक विवाद फेरि एकपटक एउटा उग्र युद्धका रूपमा विस्फोट भएको छ।त्यसका कारण कम्तीमा २३ जनाको ज्यान गएको छ।हेलिकप्टरहरू खसाइएको र ट्याङ्कहरू ध्वस्त गरिएको बताइएको छ।यी दुई पूर्व-सोभियत गणराज्यबीच विवादित नागोर्नो-क्याराबाख क्षेत्रमा लडाइ भएको हो।उक्त स्थान अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको हिस्सा भनेर मान्यता दिइएको क्षेत्र हो। तर त्यहाँ अर्मेनियन जातीय पृथकतावादी समूहले कब्जा गरेका छन्।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

ट्रम्पले १० वर्षदेखि आयकर तिरेनन् !

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो १० वर्षयता आयकर नतिरेको खुलासा भएको छ । न्युयोर्क टाइम्सका अनुसार उनले पछिल्लो १५ वर्षमध्ये १० वर्षयता आयकर नतिरेक हुन् ।न्युयोर्क टाइम्सको समाचारको भने उनले खण्डन गरेका छन् । उनले कर भुक्तान गरिरहेको र लामो समयदेखि यसको अडिट भइरहेको जनाएका छन् । यद्यपि उनले कुनै विवरण दिएका छैनन्।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

मेक्सिकोको एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या

मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ ।  रेष्टुरेन्टमा गएका हतियारधारीहरुले आइतबार बिहानीपख रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि गोली चलाएका थिए ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

खेलकुद

आईपीएलमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै

१३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटमा आज (सोमबार) साबिक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दै छन् ।खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

थप समाचारकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु